चितवन समाज स्पेनको दोश्रो महाधिवेशन तथा वन भोज कार्यक्रम सम्पन्न

१७ जेष्ठ २०६९, बुधबार १८:५४ मा प्रकाशित

स्पेन । स्वर्णिम भविष्यको खोजीमा आफ्नो मातृभूमि भन्दा पर रहेर पनि आफ्नो देश र मातृभूमि प्रतिको स्नेह जोगार्इ, स्पेन भरि छरिएर रहनु भएका चितवनवासी दाजुभाई दिदिबहिनीहरु बीच आपसी सामिप्य बढाउने उद्देश्यले सन् २००९ मे १८ तारिकका दिन स्पेनको बार्सिलोनामा गठन भएको चितवन समाज स्पेनले आफ्नो दोश्रो महाधिबेशन मिति २०१२ मे २८ तारिकका दिन स्पेनको बार्सिलोनामा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम दुई चरणमा विभाजित थियो । पहिलो चरण अन्तर्र्गत चितवन समाज स्पेनको दोश्रो महाधिवेशन तथा बन्दसत्र चलेको थियो । समाजका अध्यक्ष श्री जगतपाल सिलवालको सभापतित्व मा भएको उक्त महाधिवेशनमा उपाध्यक्ष श्री थानेश्वर भुसालले स्वागत मन्तब्य राख्नु भएको थियो ।

त्यसैगरी, संस्थाका सल्लाहकार एवम् अथितिद्वय श्री रामलाल कंडेल र मेघराज कंडेल साईराम मध्यबाट श्री रामलाल कंडेलले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

अन्त्यमा कार्दोयक्रम सभापति तथा चितवन समाज स्पेन श्रो महाधिबेशन समन्वय तथा निर्र्वाचन समिति संयोजक श्री जगतपाल सिलवालले चितवन समाज स्पेनको सबैसंगको सर सल्लाह पश्चात गठित सर्बसम्मत निर्वाचित नयाँ कार्यसमिति घोषणा गर्नु भएको थियो ।

चितवन समाज स्पेन दोश्रो महाधिबेशन समन्वय तथा निर्वाचन समितिमा श्री थानेश्वर भुषाल, श्री बिनोद ढकाल, श्री चिन्तामणि सापकोटा र पदम दवाडी पनि हुनु हुन्थ्यो उहाँहरु अथक प्रयासबाट नै उक्त समिति सर्बसम्मत रुपमा चयन भएको हो । उक्त समितिलाई उपस्थित सम्पूर्णले ताली बजाएर अनुमोदन गरेको थियो । जुन नयाँ कार्यसमिति निम्न अनुसार छ :

अध्यक्ष श्री बिनोद ढकाल
उपाध्यक्ष श्री बसन्तराज रेग्मी
सचिब श्री महेश्वर कंडेल
सहसचिब श्री बेदराम कंडेल
कोषाध्यक्ष श्री श्रीराम चन्द्र भट्ट

सदस्यहरु
श्री उमेश प्रसाद अधिकारी
श्री भारतराज न्यौपाने
श्री बिबेक सापकोटा
श्री हरि उप्रेती
श्री तेजेन्द्र रिजाल
श्री मोहन पौडेल
श्री राजु थापा
श्री हेम पाण्डे

पदेन सदस्य
श्री प्रकाश अधिकारी
श्री भोजराज सापकोटा
श्री राजिब कोईराला
बाँकी समिति पछि विस्तार गरिने छ जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी