गायिका सुनिता दुलालको “प्रेमीहरूको सहर यो”

१७ जेष्ठ २०६९, बुधबार १८:४० मा प्रकाशित

काठमाडौ, १७ जेठ ।  सुनिता दुलालका प्रशंसकहरू उनको बारेमा भन्ने गर्छन्, ‘सुनिता जति मीठो गीत गाउँछिन् राम्री पनि उत्तिकै छिन् ।’ त्यसो त उनलाई सिनेमाको नायिका बन्ने अफर पनि नआएको भने होइन । ‘अहिलेलाई गायन क्षेत्र नै ठीक छ । सिनेमाको हिरोइनबारे त पछि नै सोचौँला,’ उनले भनिन् ।
अहिलेसम्म सुनिताले करिब एक दर्जन जति लोकदोहोरी गीतको एल्बम बजारमा ल्याइसकिन् । अब भने आफ्नो गायन विधालाई फराकिलो पार्ने उद्देश्यले सुनिताले आधुनिक गीतको एल्बम बजारमा ल्याएकी छिन् । ‘लोकगीत मात्र होइन म आधुनिक गीत पनि गाउन सक्छु भन्ने कुरा देखाउनु पनि थियो, त्यस कारणले पनि यो एल्बम बजारमा ल्याएकी हुँ,’ सुनिताले भनिन् । सुनिताले बजारमा ल्याएको एल्बम ‘शिरमा फूल’भित्र जम्मा सातवटा गीत समेटेकी छिन् ।
गीत गायनकै सिलसिलामा अन्य गायिकाभन्दा बढी मुलुक घुमेकी सुनिताले एल्बम शिरमा फूलभित्र विशेष गरेर मायाप्रेमका गीतलाई बढी प्राथमिकता दिएकी छिन् । ‘अहिले संसार नै प्रेममा अडिएको छ । प्रेमले नै सबै कुरा ठीक पार्छ । प्रेमीहरूको यो देशमा मैले पनि प्रेममय गीत ल्याएँ,’ उनले भनिन् ।
लोकगीतहरूको एल्बम नियाल्दा सीमित श्रोताहरूका लागि मात्र भएको गुनासो आएपछि सुनिताले सबैखाले गीत सुन्न इच्छुक श्रोताहरूको इच्छालाई बुझेर आधुनिक गीतहरूको एल्बम बजारमा ल्याएको कुरा बताइन् । नेपालको साथसाथै सुनिता शिरमा फूललाई विदेशमा रहेका आफ्ना प्रशंसकहरूसक्षम पनि पुर्‍याउने तयारीमा छिन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु

भारतीय अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको छ । कुन्द्रालाई यसै सालको फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र