जवानीमा प्रस्ताव त आइहाल्छ: रिया श्रेष्ठ

१७ जेष्ठ २०६९, बुधबार १८:३७ मा प्रकाशित

काठमाडौ, १७ जेठ । नेपालगन्ज बाँके कुसुम–२ कि रिया श्रेष्ठ यतिबेला नेपाली चलचित्रमा जम्ने तयारीमा छिन् । विशेष गरेर नृत्य विधामा पोख्त रियाले अभिनय गरेको पहिलो चलचित्र ‘अभिमन्यू’ हो । एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी रियाले मालतीको भट्टी, बोस र तृष्णा नामक चलचित्रमा काम गरिन् । मालतीको भट्टी र बोस प्रदर्शनका लागि तयार भएका छन् भने रियाले तृष्णाको छायाङ्कन हालै सकाएकी छिन् । तृष्णा र बोसमा उनी नायिकाको रूपमा प्रस्तुत भएकी छिन् ।

० कलाकारितामा लागेको दश वर्ष भइसकेछ, रियाको चर्चा त त्यति सुनिँदैन नि ?
– म कुनै निर्माता वा निर्देशकको आफन्त या प्यारी बन्न सकिनँ, त्यसैले चर्चा नभएको होला नि ।
० भनेपछि हातमा आएका चलचित्रहरू आफ्नै क्षमताले पाएको हो ?
– हो नि । चाँडै लोकप्रिय हुने र काम पाउने लोभमा मैले कुनै सम्झौता गरिनँ ।
० अरू नायिकाहरूले पनि काम पाउन सम्झौता नै गरेका हुन् त ?
– सबैलाई यस्तो आरोप लगाउन त नमिल्ला तर यहाँ त्यस्ता धेरै छन् भन्न
खोजेको मैले ।
० रियालाई सिनेमाको गीत र म्युजिक भिडियोमा किन बढी कामुक पहिरनमा
देखाइन्छ होला ?
– क्यामेरामा म बढी सेक्सी देखिएर होला । तर, म क्यामेरामै मात्र त्यस्ती देखिएको हुँ वास्तविक जीवनमा म सेक्सी र कामुक छैन नि †
० सिनेमा खेल्ने लोभमा यहाँ जस्तो दृश्य दिन पनि पछि नपर्ने युवतीलाई के छ सल्लाह ?
– त्यो त कथाले मागेअनुसार दिनैपर्छ र अहिलेका दर्शकहरूको माग पनि यस्तै छ ।
० दर्शकहरू सिनेमा हलमा फिल्मको कथा हेर्न आउँछन् कि युवतीहरूको नग्न शरीर ?
– हुन त सिनेमाको कथा र प्रस्तुति हेर्न आउनुपर्ने हो तर अहिले ग्ल्यामर्सको जमानामा त्यस्ता कुराहरूले पनि दर्शक तान्ने गरेको छ ।
० रिया पनि सिनेमाका लागि बेड सिन वा किस सिन दिने हो ?
– दर्शकहरूले पचाउन सक्ने जति दिन्छु, किन नदिने ?
० आजभोलिका सिनेमामा कथाभन्दा पनि ग्ल्यामर्स र सेक्स बढी बिक्न थालेका छन्, हो ?
– यो एउटा लहड हो । एक–दुईवटा त्यस्ता सिनेमाहरू चल्यो भन्दैमा सबै यस्तै सिनेमा चल्छ भन्ने छैन । अन्तत: सिनेमामा कथा, अभिनय र प्रस्तुति नै चल्ने हो ।
० सेक्स प्रस्ताव कत्तिको आउँछ नि ?
– त्यो त आउँछ । जवान छु, राम्री छु, अनि त्यस्तो प्रस्ताव आउनु के आश्चर्य भयो र ?
० त्यसो भए सेक्सको अनुभव छ ?
– अनुभव त छ तर एकैजनाको मात्रै । यसबारे अरू कुरा गोप्य नै राखौँ कि ?

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।