एमालेले संविधान निर्माण गर्न नसकेकोमा स्वेत पत्र जारी गरेर माफी माग्ने

१७ जेष्ठ २०६९, बुधबार १८:१२ मा प्रकाशित

काठमाडौ, १७ जेठ । नेकपा एमालेले संविधान जारी गर्न नसकि संविधानसभा विघठन भएको विषयमा यथार्थ विवरण सहित स्वेत पत्र जारी गर्दै जनतासँग माफी माग्ने भएको छ ।
एमालेको संसदीय बोर्डको आज बसेको बैठकले पार्टीले संविधानसभामा के गर्यो, के गर्न सकेन, संविधानसभा किन विघठन भयो जस्ता विषयमा यथार्थ विवरण सहितको स्वेत पत्र जारी गरी कमजोरीमा माफी माग्न पार्टीलाई आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकले माओवादी संविधानसभा विघठन गरेर सत्ता कब्जा गर्ने रणनीतिका साथ अगाडि बढेको भन्दै सोही कारण माओवादी संविधानसभाको म्याद थपको पक्षमा नउभिएको ठहर गरेको छ । उसले  हठात निर्वाचनको घोषणा गर्नु त्यसैको उपज भएको समेत दावी गरेको छ ।
बैठकमा संविधानसभाको पुर्नस्थापनाको विषयमा कुरा उठे पनि त्यसमा कुनै निर्णय भने हुन सकेन । बाँकी विषयमा भने संसदीय दलको बैठक बसेर ठोस निर्णय लिने बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले चैत १६ देखि लकडाउन घोषणापछि

विर्तामोड । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराउनुभएको रिट निवेदनमा सर्वोच्च अदालतले