सरकारले राजीनामा दिनुपर्ने यादवको भनाइ

१७ जेष्ठ २०६९, बुधबार १८:०४ मा प्रकाशित

काठमाडौ, १७ जेठ । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री डा बाबुराम भट्टराईको सरकारले राजीनामा दिएर देशलाई निकास दिन बाटो खुल्ला गर्नुपर्ने बताउनुभएको छ । आज भक्तपुरमा आयोजना भएको अन्तक्र्रिया कार्यक्रमा अध्यक्ष यादवले डा भट्टराईको सरकारले संविधानसभा भंग भइसकेको अवस्थामा चुनावको घोषणा गर्नु असंवैधानिक र अव्यवहारिक भएको उल्लेख गर्नुभयो । संविधान जारी नहुँदा मुलुक झन् सङ्कटमा परेको भन्दै उहाँले देशलाई सङ्कटबाट निकास दिन भट्टराई सरकारको राजीनामा एक मात्र विकल्प भएको बताउनुभयो । एकीकृत माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेको दलीय एवम् सत्ता साझेदारीको स्वार्थका कारण संविधानसभा सुनियोजितरुपमा भंग गरिएको आरोप लगाउँदै उहाँले तीन दलकै कारण देश बर्बादीतर्फ धकेलिएको हो भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव