अगामि संविधानसभाको निर्वाचनमा जनजातिहरु एकै ठाँउमा उभिने

१७ जेष्ठ २०६९, बुधबार १७:५९ मा प्रकाशित


काठमाडौ, १७ जेठ । आदिवासी जनजातिका अगुवाहरुले आगामी मङ्सिरमा घोषणा गरिएको संविधानसभाको निर्वाचनमा आफूहरु एउटै राष्ट्रिय राजनीतिक शक्तिकारुपमा रुपान्तरित हुने बताएका छन् ।    आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिले आज राजधानीमा गरेको छलफलमा चार वर्षे संविधानसभाबाट जातीय पहिचानसहितको सङ्घीय संविधान जारी नगरी संविधानसभा नै विघटन भएपछिको अवस्थामा अबको निर्वाचनमा जातीय पहिचानसहितको सङ्घीयताका लागि एउटै राजनीतिक शक्ति बन्ने उनीहरुले बताएका हुन् । आफूहरुको मागलाई खासगरी नेपाली काँग्रेस र नेकपा (एमाले) ले सम्बोधन गर्न नसकेको आरोप छलफलमा सहभागीहरुले लगाएका छन् । गत १४ जेठमा संविधानसभा विघटन भएपछि समितिको दुई दिनसम्म जारी रहेको छलफलमा उनीहरुले काँग्रेस र एमाले नै जातीय पहिचानसहितको सङ्घीयताको विरोधी रहेको निष्कर्ष निकाल्दै सम्पूर्ण आदिवासी जनजातिलाई एउटै राजनीतिक शक्तिमा आबद्ध हुन आह्वानसमेत गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घका महासचिव आङकाजी शेर्पाले भन्नुभयो हामी अब आफूहरुको माग पुरा गर्न तथा आगामी संविधानसभामा आदिवासी जनजातिको पक्षमा दुई तिहाइ मत ल्याउने गरी लाग्ने बताउनुभयो । समितिका सदस्य तथा किराँत राई यायोक्खाकी उपाध्यक्ष दुर्गा राईले प्रमुख पाटीभित्रै मोर्चाबन्दी गरेर जाने वा नयाँ पार्टी खोल्ने भनेर आफूहरुबीच छलफल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक