प्रधानमन्त्रीद्धारा र पूर्व महान्याधिवक्तासँग कानूनी परामर्श

१७ जेष्ठ २०६९, बुधबार १७:५० मा प्रकाशित

काठमाण्डौ, १७ वुधबार । प्रधानमन्त्री डा.बावुराम भट्टराईले पूर्व महान्याधिवक्ताहरुसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा वुधबार भएको छलफलमा वर्तमान अवस्थाको संवैधानिक प्रावधान बारेमा छलफल भएको थियो ।  छलफलका क्रममा उहाँहरुले संविधानसभा स्वतः भंग भए पछिका कानुनी अवस्थाहरु र निर्वाचन प्रक्रियाको संवैधानिक प्रावधानबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।
छलफलमा महान्याधिवक्ता मुक्ति प्रधान, पूर्व महान्याधिवक्ताहरु राघवलाल बैद्य, महादेव यादव, लक्ष्मीबहादुर निरौला, प्रेमबहादुर विष्ट, सर्वज्ञरत्न तुलाधर, कृष्ण राम श्रेष्ठ,  यूवराज संग्रौला र बद्रीबहादुर कार्कीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस