सर्वोच्चद्धारा सरकारलाई निर्वाचन घोषणा गर्नुको कारण १० दिनभित्र लिखित रुपमा पेश गर्न आदेश

१७ जेष्ठ २०६९, बुधबार १७:४६ मा प्रकाशित

काठमाडौ, १७ जेठ । निर्धारित समयमा संविधान जारी नगरी प्रधानमन्त्रीबाट असंवैधानिकरुपले संविधानसभा विघटन गरी पुन निर्वाचन घोषणा गरिएकोविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले १० दिनभित्र लिखित जवाफ दिन आदेश दिएको छ । न्यायाधिश ताहिर अली अन्सारीको इजलासले निर्वाचनको मिति तोक्नुको कारण १० दिनभित्र लिखितरुपमै पठाउन आदेश दिएको हो । यो विषय गम्भीर रहेको भन्दै सर्वोच्चले रिटमाथिको अन्तिम सुनुवाई विशेष इजलासबाट गर्ने निर्णय पनि सुनाएको छ । निर्धारित समयमा संविधान जारी नगरी प्रधानमन्त्रीबाट असंवैधानिक रुपले संविधानसभा विघटन गरिएको भन्दै अधिवक्ता सन्तोष बस्नेतले हिजो सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको