सवारी साधनबाट अवैध रकम असुलिएको स्थानीयको गुनासो

१७ जेष्ठ २०६९, बुधबार १५:३७ मा प्रकाशित

काठमाडौ, १७ जेठ । सिद्धिचरण राजमार्ग अन्तर्गत हर्कपूर–ओखलढुंगा सडक खण्डमा चल्ने सवारी साधन तथा मालवाहक ट्रकबाट टोक्सेलको हर्कपूरमा बस ब्यवसायी संघको नाममा अवैध रुपमा रकम असुल्ने गरेको स्थानिय व्यवसायीहरुले गुनासो गरेका छन । टोक्सेलका स्थानीय युवा श्याम श्रेष्ठको नेतृत्वमा केही युवा मजदुरहरुले प्रहरी प्रशासन संग
मिलेर नक्कली रसिद दिई अवैध रकम असुली गर्ने गरेको यातायात व्यवसायी ज्ञानेन्द्र मास्केले गुनासो गर्नुभयो । अवैध रुपमा उनिहरुले ओखलढुंगा, सोलुखुम्बु र खोटाङ प्रवेश गर्ने प्रत्येक गाडीबाट पाँच सय रुपैया देखी पाँच हजारसम्म लिने गरेको स्थानीयवासी देवभक्त गौतमले जानकारी दिनुभयो । तीन जिल्लाका मूख्य प्रवेशद्धार हर्कपूरमा अवैध रकम असुलेर व्यवसायी र यात्रुहरुलाई दुख दिएको विषयमा प्रशासन र प्रहरीमा निवेदन दिंदा समेत सुनुवाई नभएको उनिहरुले गुनासो गरेका छन । सवारी साधनबाट अवैध रुपमा रकम असुली भईरहको विषयमा प्रमूख जिल्ला अधिकारी सागरमणी पराजुलीले आफुलाई केही थाहा नभएको बताउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको