संविधानको मूल्य मान्यता अनुसार नै अघि बढ्छुः राष्ट्रपति

१७ जेष्ठ २०६९, बुधबार १५:३३ मा प्रकाशित

काठमाडौ, १७ जेठ । राष्ट्रपति डा रामवरण यादवले आफू सँधै संविधानको मूल्य र मान्यता अनुसार नै अघि बढ्न बताउनु भएको छ । राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका नेपाल बार एसोसिएसनका पदाधिकारी तथा मानवअधिकारकर्मी, पत्रकारलगायतलगायतका प्रतिनिधिसँग उहाँँले यस्तो बताएका हुन ।
राष्ट्रपतिले अन्तरिम संविधानको भावना र मर्मलाई ननाघिकन अघि बढ्ने बताएको भेटपछि ती अगुवाहरुले बताए।
नागरिक समाजका अगुवाहरुले आज राष्ट्रपति रामवरण यादवलाई संविधानको संरक्षकको हैसियतले अहिलेको राजनीतिक सङकटलाई समाधान गर्न सहमतीय सरकार बनाउन कदम चाल्न आग्रह गरेका छन् ।
उनीहरुले संविधानसभा र व्यवस्थापिका संसद् भङग भई जननिर्वाचित संस्था राष्ट्रपतिमात्र रहेकाले लोकतन्त्रलाई संरक्षण गर्न, जनआन्दोलनका उपलब्धिलाई रक्षा गर्न  र देशमा जातीय सद्भाव कायम गरी राष्ट्रिय एकतालाई बलियो बनाउन अपेक्षित भूमिका खेल्न सुझाव समेत दिएका छन् ।

भेटमा सहभागी नेपाल बार एसोसियसनका अध्यक्ष प्रेमबहादुर खड्काले राष्ट्रपतिसामु संविधानको धारा १५८ मा बाधा अड्काउ फुकाउने काम राष्ट्रपतिले गर्न सक्ने उल्लेख भएकाले संसद् नभएको अवस्थामा बाधा अडकाउ फुकाउन सहमतिको सरकार आउनुपर्छ भनेका थिए।
राष्ट्रिय सहमतिको सरकारको सिफारिसमा बाधा अड्काउन फुकाउन सक्नुहुन्छ, देशलाई अघि बढाउन सक्नुहुन्छ, राष्ट्रपतिको कर्तव्य भनेको पहिले सहमतीय सरकार बनाउनु नै हो– अध्यक्ष खड्काले भने।
नेपाल चिकित्सक सङघका पूर्वअध्यक्ष डा केदारनरसिंह केसीले कुनै पार्टीले एकाधिकारवादी सोच राखेर अघि बढ्न खोजे भने राष्ट्रपतिले अन्तरिम संविधानलाई टेकेर अघि बढ्नुपर्छ भन्ने सुझाव दिएको बताए।
अन्तरिम संविधानमा स्पष्टरुपमा संसद् नरहेको अवस्थामा प्रधानमन्त्री पनि नरहने व्यवस्था रहेको भनी राष्ट्रपतिबाट आएको वक्तव्य संविधानको भावनाअनुरुप भएको आफूहरुले बताएको भन्दै डा केसीले राष्ट्रपतिले पनि अन्तरिम संविधानको भावना र मर्मलाई नाघ्दिन सोहीअनुसार अघि बढ्छु भन्नुभएको जानकारी दिए।

अहिलेको अवस्थामा लोकतन्त्र, जातीय सद्भाव र राष्ट्रिय अखण्डतालाई सुरक्षित राख्नुपर्ने र यस कार्यमा कुनै समस्या आए नागरिक समाज पनि सहयोग गर्न तयार रहेको उनीहरुले बताएका थिए।

सो भेटमा मानवअधिकारकर्मी, पत्रकार, शिक्षक, चिकित्सक, नेपाल बार एसोसियसन, नेपाली जेसिज, मानवअधिकार सङगठनलगायतका विभिन्न सङघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण