
काठमाडौ, १७ जेठ । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले पार्टी कार्यकर्तालाई गाउँगाउँ जान निर्देशन दिनुभएको छ । आफ्नो निवास महाराजगन्जमा पुगेका कार्यकर्तालाई कोइरालाले पार्टीलाई जनताका माझ सशक्त बनाउन र पार्टीको आधिकारिक धारणा लैजान आग्रह गर्नुभयो । अब राष्ट्रिय सहमतिका आधारमा मुलुकमा कुनै पनि बेला निर्वाचन हुनसक्ने भएकोले उहाँले कार्यकर्तालाई जिल्ला फर्कन निर्देशन दिनुभएको हो । सभापति कोइरालाले राष्ट्रिय सहमतिको सरकार छिटै गठन हुने आश्वासन पनि दिनुभयो । काङ्ग्रेसले हिजो आफ्नो केन्द्रीय समितिको बैठकबाट जनताको लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रविरुद्ध देशव्यापीरूपमा सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सभापति कोइरालाले कार्यकर्तालाई सोही निर्णयका आधारमा अगाडि बढ्न आग्रह गर्दै आगामी दिनमा जनताका पक्षमा पार्टीलाई अझै सशक्त बनाउनसमेत निर्देशन दिनुभयो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।
फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस
एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता