संविधानसभाको नयाँ चुनाव घोषणाविरुद्ध परेको रिटमाथि आजदेखि सुनुवाई हुने

१७ जेष्ठ २०६९, बुधबार १३:३३ मा प्रकाशित

काठमाडौ, १७ जेठ । संविधानसभाको चुनाव गर्न सरकारले आउँदो मङ्सिर ७ गते मिति तोकेको विरुद्धमा परेको रिट निवेदनमाथि आजदेखि सवोच्च अदातलमा बहस हुने भएको छ । सरकारले गरेको निर्णय असंवैधानिक भएको भन्दै अधिवक्ता सन्तोष बस्नेतले हिजो सर्वोच्च रिट दायर गर्नुभएको थियो । रिटमा अधिवक्ता बस्नेतले निर्वाचनसम्बन्धी कानुन र अन्तरिम संविधानमा संशोधन नै नगरी संविधानसभाको चुनाव गर्न लागिएकोले गैरसंवैधानिक भएको दाबी गर्नुभएको छ । २०६३ मङ्सिर मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकलाई मात्र निर्वाचनमा सहभागी हुन पाउने कानुनी व्यवस्था भएकोले लाखौं नेपाली उमेर पुगे पनि मतदानबाट वन्चित हुनसक्ने भएको भन्दै रिट दायर गरिएको बस्नेतको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।