डोटी जिप दुर्घटना परि ११ जनाको मृत्यू, २२ जना घाईते

१७ जेष्ठ २०६९, बुधबार १३:२८ मा प्रकाशित


काठमाडौ, १७ जेठ । डोटीको खिरसैन गाविस वडा नं. ३ सेर्मा भन्ने स्थानमा आज जिप दुर्घटनाग्रस्त हँुदा ११ जनाको मृत्यु भएको छ, भने २२ जना घाइते भएका छन् । चौखुट्टे विभिन्न कार्य गर्नका लागि सदरमुकाम सिलगढी आउँदै गरेको शैलेश्वरी सार्वजनिक यातायातकोे ना १ ज ३२६१ नम्बरको जिप दुर्घटना ग्रस्त भएको हो । दुर्घटना परि ८ जनाको घटना स्थलमा, २ जनाको जिल्ला अस्पतालमा डोटीमा र १ जनाको सुजङ्ग दिपायलमा उपचारका क्रममा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । दुर्घटनामा परी मर्नेहरुमा गैरागाउ ३ बस्ने ३५ बर्षिय गौरीदेवि खड्का, सोही गाविसका की तुलसी बोहरा र खिम बोहरा, यसैगरी बग्लेक गाविसका ३५ बर्षिय ज्ञानु विष्ट, सोही गाविस ३ का टेक बहादुर ठकुल्ला, जुनु विष्ट र यसैगरी काडामाण्डौ गाविसका २ बर्षिय रिया बोगटी, गाजरी ९ की पाटा भण्डारी र खिरसैन कि भागरथी ऐर रहेका छन् । २ जना मृतकहरुको सनाखत हुन सकेको छैन । दुर्घटना जिपमा यात्रु बढी भएका र गाडी तिव्रगतिमा रहेकाले दुर्घटना भएको प्रहरीको प्ररम्भीक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक भरत वहादुर वोहराले जनाएका छन् । गाडी सडकदेखी ३ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।