नेपाल रेल्वेका महाप्रवन्धकको गोली हानी हत्या, थप चार जना घाईते

१७ जेष्ठ २०६९, बुधबार ०९:१० मा प्रकाशित

जनकपुर, १७ जेठ । नेपाल रेल्वेका महाप्रवन्धक सुरेश यादवको गएराति गोली हानी हत्या भएको छ । नेपालको एकमात्र रेलवेका महाप्रवन्धक ४५ वर्षका सुरेश यादवको छातीमा गोली हानेर हत्या गरिएको हो  ।  गोली लागेर अन्य चार जना घाइते भएका छन् । धनुषाको  तारापट्टी सिसिर्यामा रहेको आफ्नै घरमा छिमेकीहरुसँग कुराकानी गरिरहनु भएका बेला आधा दर्जन बढीको संख्यामा रहेका हतियारधारी समूहले अन्धाधुन्ध गोली प्रहार गरेको घाइतेहरुले जनाएका छन् । घाइते अन्य चार जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ । घाइते हुनेहरुमा मृतक यादवका छिमेकीहरु ३० वर्षका श्याम यादव, ३२ वर्षका राजनकुमार यादव,  ५० वर्षका सुरेश यादवको  र  ५५ वर्षका श्रीप्रसाद यादवलाई भएको प्रहरीले जनाएको छ ।  श्याम र सुरेन्द्रलाई भने थप उपचारका लागि धरान रेफर गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । धनुषाका प्रहरी उपरीक्षक पुरुषोत्तम कडेलका अनुसार गोली प्रहार गर्नेहरुमध्ये स्थानिय हरेशिव यादव पनि भएको बुझिएको छ । यादव र हरेशिव यादवबीच केही समयदेखि पोखरीसम्वन्धि विवाद चल्दै आएको थियो । पोखरीकै विवादका कारण यादवको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । यादवको हत्या कायरतापुर्ण भएकोे भन्दै फोरम धनुषाका अध्यक्ष शेषनारायणँ यादवले घटनामा संलग्न दोषीहरुलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्नु भएको छ । दोसीलाई पक्राउ नगरे आफूहरु कडा आन्दोलनमा उत्रने बताइएको छ । महाप्रवन्धक यादव केही दिनअघि मात्रै काठमाण्डौबाट जनकपुर आउनु भएको हो । यादव मधेसी जनअधिकार फोरम नेपालका स्थानीय नेता हुनुहुन्थ्यो । झलनाथ खनाल प्रधानमन्त्री हुनु भएका वेला प्रवन्धक हुनुभएका यादव डा.बाबुराम भट्टराईको सरकार आएपछि भने प्रवन्धकबाट  हटाइनु भएको थियो । तर सर्वोच्चमा मुदा हालेर यादवले फेरी पनि कार्यभार सम्हाल्नु भएको हो । तर रेलवेको स्थानीय कर्मचारीहरुसागको विवादले उहाँलाई केन्द्रिय कार्यालयमा हाजिर गर्ने व्यवस्था मिलाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,