नागरिक समाजले राष्ट्रिय सहमतिको सरकार गठन गर्न राष्ट्रपतिलाई भन्ने, यूवा विद्यार्थीले सडकबाट प्रधानमन्त्रीको राजिनामा माग्ने

१७ जेष्ठ २०६९, बुधबार ०९:०५ मा प्रकाशित

काठमाडौ, १७ जेठ । सर्वदलीय र सर्वपक्षीय सरकार गठनका लागि पहल थाल्न नागरिक समाजले राष्ट्रपतिलाई आग्रह गर्ने भएको छ । नागरिक समाजका अगुवाहरूले अहिले बिहान १० बजेपछि राष्ट्रपतिसँग हुने छलफलमा यस्तो आग्रह गर्ने भएका हुन् । मुलुकमा देखिएको संवैधानिक सङ्कट अन्त्यका लागि यथाशीघ्र राष्ट्रिय सहमतिको सरकार गठन हुनु पर्ने नागरिक समाजका अगुवाहरूले बताएका छन् ।
यसैबीच प्रधानमन्त्रीको राजीनामाका लागि दबाब दिन विभिन्न युवा तथा विद्यार्थीहरूले आज संयुक्त रूपमा राजधानीमा विरोध प्रदर्शन गर्ने भएका छन् । एमाले, काङ्ग्रेसलगायत विभिन्न राजनीतिक दलसँग आवद्ध १६ वटा सङ्गठनहरूले काठमान्डुको रत्नपार्कबाट दिउँसो ३ बजे विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेल जानकारी दिनुभएको । यसैगरी भोलि देशव्यापी प्रदर्शन र पर्सि राजनीतिक निकासका सम्बन्धमा कानुनविद् र नागरिक समाजका अगुवाहरूको सहभागितामा वृहत् अन्तक्र्रियाको कार्यक्रम रहेको पनि ढुङ्गेलले सीआईएनले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले