काङ्ग्रेस केन्द्रीय समिति र मधेसी मोर्चाको अलग अलग बैठक बस्दै

१७ जेष्ठ २०६९, बुधबार ०९:०४ मा प्रकाशित

काठमाडौ, १७ जेठ । संविधानसभा र संसद विघटनपछि सरकारले घोषणा गरेको संविधानसभाको नयाँ निर्वाचनको बारेमा छलफल गर्न नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले समसामयिक विषयमा आ–आफ्ना धारणा राख्ने कार्यक्रम छ । हिजो बसेको काङ्ग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्दै दबाबका लागि सङ्घर्ष कार्यक्रम अघि बढाउने निर्णय गरेको थियो । आज शान्तिपूर्ण आन्दोलनको स्वरुप तय गर्ने विषयमा छलफल हुने नेता गोपालमान श्रेष्ठले जानकारी दिनुभयो । काङग्रेसले चुनावको मिति घोषणा गर्ने प्रधानमन्त्रीको निर्णय असंवैधानिक भएको आरोप लगाउँदै आएको छ । मुलुकमा देखिएको राजनीतिक सङ्कट हटाउन सहमतिको सरकार नै अहिलेको विकल्प भएको काङ्ग्रेसको ठहर छ । विकसित परिस्थितिका सम्बन्धमा अरू दलसँगको छलफललाई पनि काङ्ग्रेसले निरन्तरता दिँदै आएको छ ।
यसैवीच पछिल्लो राजनीतिक घटनाक्रमसम्बन्धी छलफल गर्न आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दै छ । दिउँसो १ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा मोर्चाको आधिकारिक धारणा तय गर्ने विषयमा छलफल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । बैठकमा संविधानसभाको नयाँ चुनाव, सरकारका सम्बन्धमा राष्ट्रपतिको प्रतिक्रिया, मधेसवादी अरू दलहरूसँगको सहकार्यलगायतका विषयमा पनि छलफल हुने कर्णले सीआईएनलाई जानकारी दिनुभयो । यसैगरी वृहद मधेसी मोर्चामा आवद्ध मधेसी जनअधिकार फोरम नेपालले पनि आज पत्रकार सम्मेलन गरी नयाँ परिस्थितिबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको