आज फूलपाती भित्र्याइँदै

१५ आश्विन २०७१, बुधबार १०:०६ मा प्रकाशित

सरोज आचार्य, काठमाडौँ, १५ असोज । आश्विन शुक्ल सप्तमी तिथिका दिन बुधबार घरघरमा फूलपाती भित्र्याइँदैछ । हनुमानढोका दरबारस्थित सरकारी दसैँघरमा भित्रयाइने फूलपाती गोरखास्थित गोरखकाली पीठबाट मङ्गलबार धादिङको छत्रे देउरालीतर्फ हिँडाइसकिएको छ ।
यसैगरी, पशुपतिस्थित राजराजेश्वरी, भुवनेश्वरी, झङ्केश्वरी, वनकाली भक्तपुरको नवदुर्गा, काठमाडौँको मैतीदेवी, शोभा भगवती, नक्साल भगवती, भीमसेनगोलास्थित कात्यायनी, नरदेवी कालिकास्थान, भद्रकाली, कङ्केश्वरी, रक्तकाली, दक्षिणकालीलगायत शक्तिपीठमा फूलपाती भित्र्याउने तयारी भएको छ ।
गोरखाका मगर जातिले हनुमानढोका दरबारस्थित सरकारी दसैँघरमा भिœयाइने फूलपातीमा अशोकको फूल, दारिमको बोट, जरासहित उखु, अदुवाको बोट, पलाँसको फूल, जरासहितको सामा र मोथेको बोटलाई फूलपातीका रूपमा भिœयाउने चलन छ ।
छत्रे देउरालीमा फूलपाती लिन समरजङ्ग कम्पनीका जवानद्वय भिखु चौधरी र रामहरि सिलवाल मङ्गलबार छत्रे देउरालीतर्फ जानुभएको छ ।
हनुमानढोका दरबारका कर्मचारी मिठाराम पुडासैनीका अनुसार हनुमानढोका अड्डाबाट आठ जना कर्मचारी फूलपाती लिनका लागि छत्रे देउरालीका लागि रमाना भएका छन् । उहाँहरूले गोरखाबाट मगर जातिले छत्रे देउराली ल्याइपु¥याएको फूलपातीलाई काठमाडौँको जमल
ल्याउने छन् ।
पुरातìव विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार गोरखाबाट धादिङको छत्रे देउराली हुँदै जमल आइपुग्ने फूलपातीलाई जमलमा अर्चना गरी सरकारी दसैँघर हनुमानढोकामा भित्रयाइनेछ ।
बुधबार साढे ३ बजे दिउँसो फूलपाती जमल ल्याइपु¥याइने समरजङ्ग कम्पनीका कमान्डर माधवप्रसाद
त्रिपाठीले बताउनुभयो ।
फूलपातीलाई जमलमा ल्याई सरकारी तहबाट स्वागत गर्ने सिलसिलाका सबै पूर्वतयारी सकिएको हनुमानढोका दरबारका कर्मचारी चन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।
नेपाली सेनाले परम्पराबमोजिम टुँडिखेलमा फूलपाती बढाइँको पूर्वअभ्यास सम्पन्न गरिसकेको छ ।
वसन्तेश्वर महादेव डिल्लीबजारका पुजारी रामप्रसाद सापकोटाले बडादसैँ मनाउन बिहानैदेखि नवरात्र मेला जानेले बिहानीपख भीडभाडयुक्त भएको अनुभव सुनाउनुभयो ।
यसअघि हनुमानढोकास्थित कडेल्चोक भगवतीमा फूलपाती भिœयाउन परम्पराबमोजिम एक टोली पुरानो गुह्येश्वरी जाने
तयारीमा छ ।
यहाँ नुवाकोटबाट ल्याइने फूलपातीलाई पुरानो गुह्येश्वरी हुँदै धोबीचौरमा सेनाको तीन युनिटसहित लिन जाने र धोबीचौरमा फूलपातीको अर्चना गरेर कडेल्चोक भगवती पीठमा
भिœयाउने चलन छ ।
कडेल्चोक भगवतीका पुजारी वैकुण्ठमान राजलवटका अनुसार गोरखा मनकामनाजत्तिकै महिमा रहेकी यी देवी पूजनका लागि बिहान सबेरैदेखि पीठ सर्वसाधारणका लागि खुला गरिने छ । वर्षको एकपटक सर्वसाधारणका लागि खुला हुने हनुमानढोकास्थित तलेजु योपल्ट तिथि घटबढ परेकाले टीकाको दिन खुला हुने भएको कर्मचारी चन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ।नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

आजको प्रमुख समाचार