प्रभावकारी न्याय सम्पादनको ब्यबस्था गर्ने छु : प्रस्तावित प्रधानन्याधीश साह

१४ आश्विन २०७१, मंगलवार २०:४८ मा प्रकाशित

काठमाडौं, १४ असोज । सर्वोच्चका प्रस्तावित प्रधानन्याधीश रामकुमारप्रसाद साहले भ्रष्टाचार न्यूनीकरण गर्ने दाबी गरेका छन् ।

संसदीय सुनुवाइ विशेष समितिको मंगलबारको बैठकमा सुनुवाइका क्रममा सभासदहरुले उठाएको प्रश्नको जवाफ दिँदै साहले भने, ‘म भ्रष्टाचार निर्मूल गर्ने दाबी त गर्न सक्दिनF तर, कम गर्ने प्रयास गर्छु ।’ उनले अदालतमा पनि भ्रष्टाचार हुने गरेको स्विकार्दै सरकारका अन्य अंगमा भन्दा अदालतमा न्यून भ्रष्टाचार भएको दाबी गरे ।

अदालतमा कर्मचारी, कानुन व्यवसायीका रुपमा पनि बिचौलियाहरु रहेको भन्दै उनले त्यसलाई रोक्न प्रयास गर्ने बताए । उनले भने, ‘केही अनुमान योग्य फैसला हुन्छ । विचौलियाहरुले दुवै पक्षबाट पैसा लिएको हुन्छ र फैसलापछि जित्नेको पैसा खल्तीमा राख्छ, अर्को पक्षलाई सकिएन बाबु भन्छ ।’

जिल्लादेखि सर्वोच्च अदालतसम्म आउँदा आफूले भ्रष्टाचार हुने प्वाइन्टहरु देखेको भन्दै उनले आफ्नो कार्यकालले भ्रष्टाचार न्यून गर्ने बताए । ०४०/४१ सालमा आफू दाङमा रहँदा आफ्नो नाममा फाँटबालाले पैसा लिएको भन्दै उनले आफूले थाहा पाएपछि कारबाही गरेको बताए । यस्तै उनले सुन्धाराको सरकारी जग्गा व्यक्तिगत नाममा दर्ता गरेको र त्यसले मुस्लिम समुदायलाई अन्याय भएको भन्ने उजुरीबारे जवाफ दिँदै भने, ‘मेरो फैसलामा कुनै कमजोरी छैन ।’ उजुरीमा कहीँ पनि मुस्लिम समुदाय र धर्मको कुरा नआएको भन्दै उनले त्यस्तो भेटिए पदबाट राजीनामा दिने चुनौतीसमेत दिए ।

उनले उक्त मुद्दाको फैसला सभासदहरूको हातमा रहेको भन्दै उनले अध्ययन गरेर मात्र अनुमोदनबारे निर्णय गर्न अनुरोध गरेका थिए । आफ्नो फरक मतबारे संसदीय समितिले छानबिन गरेको भए राम्रो हुने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो