प्रधानमन्त्री बेल्जियममा, समकक्षी हर्मनभ्यान रुम्पीसंग द्धिपक्षीय वार्ता

१३ आश्विन २०७१, सोमबार २१:३२ मा प्रकाशित

प्रकाश अधिकारी, ब्रसेल्स, बेल्जियम, १३ असोज । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभा सकेर बेल्जियम र लक्जम्बर्गको तीनदिने भ्रमणका क्रममा बेल्जियम आइपुगेका छन् । आजै प्रधानमन्त्री सुशील कोइरालाले समकक्षी हर्मन भ्यान रुम्पीसंग सिष्टाचार भेट गरे । भेटका अवशरमा यूरोपियन काउन्सिल र नेपलको द्धिपक्षीय हितका बारेमा छलफल भएको थियो । आजै प्रधानमन्त्री सुशील कोइरालाले आजै युरोपेली मुलुकका नेपाली राजदुतहरुलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्री कोइरालालाई युरोपेली सङ्घका लागि नेपाली राजदूत राममणि पोेखरेलले बेल्जियमको राजधानी ब्रसेल्समा स्वागत गरेका थिए । प्रधानमन्त्री कोइरालाले आफ्ना समकक्षी बेल्जियमका प्रधानमन्त्री इलियो दि रुपोसँग बुधबार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री कोइरालाले आजै यहाँका वाटर लूलगायत केही महत्वपूर्ण स्थलको भ्रमण र दृश्यावलोकनसमेत गर्ने कार्यक्रम रहेको छ । फ्रान्सका तत्कालीन शासक नेपोलियन बोनापार्टले बेलायत, पर्सिया र अष्ट्रियाको गठबन्धनको १८१५ को युद्धमा वाटर लूमा पराजय भोग्नुपरेको थियो । वाटर लुस्थित वोयलिटिङ सङ्ग्रहालयमा तत्कालीन युद्धको स्मरण गराउने ठूल्ठूला चित्रहरु सङ्गृहीत छन् ।
युरोपको उत्तर–पश्चिममा अवस्थित बेल्जियम युरोपेली सङ्घको संस्थापक सदस्य राष्ट्र हो । संसदीय शासन प्रणाली अवलम्बन गरेको बेल्जियममा संवैधानिक राजतन्त्र रहेको छ । युरोपेली सङ्घको मुख्यालय पनि यही रहेको छ । बेल्जियम भ्रमणका क्रममा प्रधानमन्त्री कोइरालाले ब्रसेल्समा युरोपेली मुलुकमा कार्यरत नेपाली नियोग प्रमुखहरुको बैठकमा सहभागी भई आवश्यक निर्देशन दिने क्रममा गैर आवशीय नेपालीहरुलाई मुलुक निर्माणमा सहभागी गराउन आर्थिक कुटनीति प्रभावकारी पार्न जोड दिए ।
प्रधानमन्त्री कोइराला भोलि लक्जम्बर्ग जाने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार