संविधान निर्माणमा एमाओवादी बाधक: एमाले बरिष्ठ नेता नेपाल

१३ आश्विन २०७१, सोमबार २१:१२ मा प्रकाशित

बारा, १३ असोज । एमाले बरिष्ठ नेता माधव कुमार नेपालले संविधान निर्माण कार्यमा एमाओवादी बाधकको रुपमा खडा भएको आरोप लगाएका छन् ।
बडा दशैंको अवसरमा एमाले बाराले सिमराको औराहामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता नेपालले एमाओवादीले संविधान निर्माणका लागि काम भईरहेका बेला विभिन्न अड्को थापेर संविधान नबनाउने खेल सुरु गरेको बताए ।
जनताले तेस्रो स्थानमा पुर्याएको पार्टीले राष्ट्रिय राजनीतिको नेतृत्व गर्छु भन्नु हास्यास्पद रहेको भन्दै नेपालले जनताको म्यान्डेट अनुसार काम गर्नुपर्ने बताए । साथै नेता नेपालले आफनो हैसियत अनुसारको कामगर्न माओवादीलाई आग्रह गरेका छन् ।
दलहरु संविधान निर्माणमा जुटनुपर्ने बताउदै नेता नेपालले जसरी भएपनि माघ ८ गते भित्रमा संविधान जारी गर्ने तर्फ मूख्य राजनीतिक दल जिम्मेवार हुनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार