इजरायलमा भव्य रुपमा गणतन्त्र दिवस सम्पन्न

१६ जेष्ठ २०६९, मंगलवार १९:०३ मा प्रकाशित

इजरायल । पाँचौँ गणतन्त्र दिवस इजरायलमा पनि एक कार्यक्रममा साथ भव्य रुपमा मनाइएको छ । कार्यक्रममा नवनियुक्त नेपाली राजदुत प्रल्हाद कुमार प्रसाईंको पनि उपस्थिति रहेको थियो ।  त्यहाँ आयोजित गणतन्त्र दिवस विशेष कार्यक्रममा त्यहाँ रहेका विभिन्न पेसामा आवद्ध नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवात उप नियोगका रमेश प्रसाद खनालबाट सुरुवात भएको थियो । प्रथम मौन धारण १ मिनेट, त्यस पछि नेपाली राष्ट्रिय गान गाइएको थियो । कार्यक्रममा राष्ट्रिय गानपछि महामहिम राजदुत प्रलाद कुमार प्रसाँईले स्वागत अभिव्यक्ति गर्नु भएका थियो । उहाँले ज्ञात-अज्ञात सहिद तथा घाइतेहरु प्रति हार्दिक शद्धाञ्जलि र सान्त्वना दिनु हुदै इजरायलको समस्याको लागि गर्नु पर्ने कुरामा सबै मिलेर गर्नुपर्ने बताउनु भयो ।
प्रसाईं धर्मपत्नी सिता प्रसाईँका साथमा राजदुतको रूपमा यही मे १७ का दिन इजरायलमा आर्इ पुग्नु भएको थियो । उहाँले नेपालका थुप्रै कुटनैतिक योजनाहरू अनुरुप विदेशमा काम गर्ने क्रममा मस्को, लण्डन, बैङ्कक र बर्लिनका लागि समेत कुटनैतिक पदमा बसेर काम गरि सक्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न