धादिङको सिम्लेमा बस ठोक्कियो, ५ जनाको घटनास्थलमै मृत्यु

१३ आश्विन २०७१, सोमबार ११:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौँबाट काँकडभिट्टातर्फ गइरहेको बा५ख ४३८४ नं को यात्रुवाहक बस र बुटवलबाट काठमाडौँतर्फ आइरहेको ना३ख ७६३३ नं को यात्रुवाहक बस एकआपसमा ठोक्किँदा पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

बुटवलबाट आएको उक्त बसका चालकले लापरबाहीपूर्वक बस चलाउँदा काँकडभिट्टा गइरहेको बसलाई ठक्कर दिँदा २५ जना गम्भीर रुपमा घाइते भएका छन्।

घटनास्थलमा उपस्थित ट्राफिक प्रहरी निरीक्षक नवीनराजा बुढाथोकीले राससलाई बताए अनुसार काठमाडौँ आइरहेको बसका चालकसहित दुई र काँकडभिट्टा गइरहेको बसका तीनजना यात्रुको मृत्यु भएको हो।

मृतकहरुको सनाखत भइसकेको छैन । बीच बाटोमा दुर्घटनाग्रस्त दुवै बस सडकमै रहेकाले बिहान ६ बजेदेखि अहिलेसम्म बाटो अवरुद्ध छ । घाइतेहरुलाई उपचारार्थ राजधानी पठाइएको छ। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न

काठमाडौँ, १९ साउन (रासस): नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो