सिधा कुरा स्तम्भ मार्फत गाली बेइज्जत गर्ने बिनोद कुमारलाई मुद्धा

१३ आश्विन २०७१, सोमबार ०७:५६ मा प्रकाशित

बाल्टिमोर । सिधा कुरा स्तम्भ स्तम्भकारको नाउँमा सामाजिक संजाल मार्फत अमेरिकन नेपालीलाई  गाली बेइज्जति र हुर्मत लिंदै आएका बिनोद कुमार नेपाल बिरुद्ध अमेरिकाको मेरिल्याण्ड तथा डिसी अदालतमा मानहानी मुद्धा दायर भएको खबर प्राप्त भएको छ ।

करिब १० बर्ष अगाडी अमेरिका छिरेका काठमाडौँ बौद्धका बिनोद कुमार नेपाललाई जुलाई २०१३ देखि म्यारिल्याण्ड राज्यको सर्किट कोर्ट अफ मन्टगोमेरी काउन्टी (म्यारिल्याण्ड ) तथा मार्च २०१४ देखि सुपेरिएर कोर्ट अफ डिस्ट्रिक अफ कोलम्बिया (वाशिंगटन डिसी )मा मानहानी ,चरित्र हत्या ,धोखाधडी ,असत्य लेखेको कारण मुद्धा दायर गरिएको बुझिएको छ । अमेरिकामा नेपालीहरुको बसाई सराई पछि यस्तो प्रकारको नेपालीलाई लागेको मुद्धा पहिलो भएको पुस्टि भएको छ ।

अमेरिकन नेपालीहरुको संस्था एएनएका कार्यकारी समिति अबैधानिक तथा संस्थाले बर्षेनी गर्ने महाधिवेसन गैर कानुनि भनि सन् २०११ देखि अमेरिका भरिका नेपाली समुदायलाई भ्रम फैलाउदै आएका नेपाललाई अदालतले अनिवार्य हाजिर हुन् आदेश दिए पछि अदालतमा उपस्थिति भएका थिए ।

अमेरिका जस्तो मुलुकमा संस्थाका तमाम वर्तमान नेतृत्व वर्गलाई स्व घोषित गरि सत्ता कब्जा गरेको भनि बारम्बार समुदायलाई सूचना दिएको कारण उनि माथि मानहानीको मुद्धा दायर भएको बताईएको छ । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले सम्मेलनमा दुई पटक शुभकामना दिएको उक्त संस्था ,नेपालका लागि अमेरिकन राजदुत बोडे सम्मेलनका प्रमुख अतिथि तथा संस्थापक अधक्ष्य समेत उपस्थिति रहेको उक्त संस्थालाई अबैधानिक भनि असत्य लेखि सामाजिक संजालमा पठाएको संदेशले उनि माथि यस्तो गर्नु बाध्यता भएको बताईएको छ ।

कहिले पनि नेपाली समुदायको कुनै पनि कार्यक्रममा उपस्थित नभई पूर्वाग्रहपुर्वक लेखेको कारण उनि माथि दुई वटा अदालतमा ठुलो राशिको क्षति पूर्तिको माग सहित न्याय पाउ भनि ब्यक्ति तथा संस्थाले मुद्धा दायर गरेका हुन् ।

नेपाल मुद्धा नलागोस भनि अमेरिकाको भर्जिनिया ,टेनेसी ,बोस्टन तथा न्यु ह्याम्प्सर राज्यहरुमा बसोबास परिवर्तन गर्दै आएको बुझिएको छ । उनले बिदेशी बिरुद्ध नलेखि आफ्नै नेपाली समुदायमा स्थापना भएका संस्था तथा बिभिन्न व्यक्तिहरुलाई धज्जी उडाएको कारण न्यालालयमा ल्याईएको हो । यिनी सक्कली हुन या नक्कली हुन अधिकांश नेपाली समुदाय अझ पनि विश्वस्त नभएको अवस्थामा अदालतमा उपस्थितिले साचो हुन भनि यकिन भएको छ ।

उनले अमेरिकाको अदालतले पठाएको पत्र समेत नबुझी बिभिन्न बहाना गर्दै अदालतलाई पनि समेत अटेर गरि झुक्याएका थिए । अदालतले उनलाई फेला पार्न नसके पछि दुवै अदालतबाट मानहानी मुद्धा खारेजी गरेता पनि पुन दुवै मुद्धा फेरी बिउताइ दिएको छ । जुन दिन अदालतले खारेजी गरि दिन्थ्यो उनले तुरुन्तै आफुले मुद्धा जितेको भनि सामाजिक संजाल मार्फत सूचना दिन्थे ।

उनले लेखेको यस्तो सार्बजनिक सूचना प्रमाण सहित दुवै अदालतमा वादीहरुले बिनोद कुमार नेपाल अमेरिकामा छ भनि दाबीको साथ मुद्धाको कारवाही अगाडी बढाई पाउ भनि पुन बुझाए पछि अदालतको कारवाईमा परेका हुन । अदालतले यी व्यक्ति अमेरिकामा नै भएको प्रमाण फेला पारे पछि उनी बाध्य भएर अन्तत्वगत्वा न्यायालयको कठघरामा हाजिर भएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार