बेल्जियममा मोती जयन्ति साहित्यिक अन्तर्कृया कार्यक्रम मनाइयो

१३ आश्विन २०७१, सोमबार ०७:४८ मा प्रकाशित

डिल्ली राम, बेल्जियम । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १ सय ४९ औं जन्मजयन्ती विहीबार विश्वभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाउने क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम र हिमालयन सोसाईटी सेन्त्रुदेनको आयोजनामा सेन्त्रुदेनमा काव्य उत्सवका साथ मनाइएको छ।

उनको विक्रम सम्वत् १९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा उनको निधन भएको थियो।

भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले नै गजल विधा र गद्य कवितालाई भित्राएको मानिन्छ। उनैले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार