कांग्रेस: लोकतन्त्रका लागि कठोर बन्न आवश्यक -लोकेश ढकाल

१६ जेष्ठ २०६९, मंगलवार १८:५४ मा प्रकाशित

जनताको चाहना र देशको आवश्यकता बमोजिम मुलुकलाई संविधान दिन असफल भएको निकम्मा संविधानसभाको आइतवार मध्यरातमा स्वाभाविक (सामयिक) रुपमा मृत्यु वरण हुँदैछ। सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक फैसला पछि माओवादी कुटिल रणनीति अनुसार घारघुर र पेलपाल पारेर जसरी भए पनि संविधानसभाको म्याद थप्छु भनेर चालिएको दुस्प्रयास असफल भए पछि विकसित भएको अन्योलपूर्ण एवम अत्यन्त तरल राजनीतिक परिस्थितिमा लोकप्रिय देशान्तर साप्ताहिकको भोलि आइतवारको अङ्कका लागि आज शनिवार विहान यो पङि्तकार लेख लेख्न बसिरहँदासम्म मुलुकको राजनीति यसै हुन्छ भनेर विश्लेषण गर्न सकिने अवस्था छैन। राजनीतिक दलहरु सहमतिको प्रयासका लागि वार्तामा सघन रूपमा व्यस्त रहेको देखिएपनि अझैसम्म पनि उनीहरू आ–आ136नो राजनीतिक अडानमै रहेकोले संविधान आउँछ आउँदैन अथवा आई हाले कस्तो संविधान आउँछ, राजनीतिक निकासका लागि संक्षिप्त संविधान भए पनि आउँछ अथवा कुनै प्रकारको संविधान पनि नवनेर देश राजनीतिक वा संवैधानिक सङ्कटमा फस्छ यसै भन्न सक्ने अवस्था छैन।
राजनीतिक दलको अक्षमताका कारणले मुलुकको जीवनको ४ वर्ष त्यसै खेर गयो। अघिल्लो दुई वर्षे संविधानसभाको स्वाभाविक अवधिमा कमसेकम संविधानसभा सदस्यहरूले विषयगत समितिहरूमार्फत केही काम गरेका थिए। तर गिरिजा वावुको निधन पछि शान्ति र संविधानलाई टुङ्गोमा पुर्याहउन आ136नो काँधमा जिम्मेवारी आएको भनेर गर्व गर्ने प्रचण्डको शैली र अडान कै कारण संविधानसभा निकम्मा सावित भयो। चार वर्षसम्म सहमतिका नाममा नानाभाातिका रिसोर्ट र होटल चहारे पनि सहमति बनाउन नसक्ने निकम्मा नेताले संविधानसभाको म्याद सकिन दुई हप्ता बााहि रहँदा संविधान निर्माण गर्ने जिम्मेवारी अब नेताको हातबाट ६०१ सभासद्को काँधमा आइपुगेछ भनेर सभासद्हरुले के गरून्?
संविधानसभामा सबैभन्दा ठुलो दलको रूपमा उपस्थित माओवादीको सहयोग विना संविधान बन्न सक्ने अवस्था छैन। तर माओवादी एक्लैको प्रयत्नले पनि संविधान बन्न सक्ने भए उसले तथाकथित जनसंविधान बनाइसक्थ्यो। कांग्रेस बेलामौकामा धरमराउला, पछिल्लो समय धरमरायो पनि तर अन्त्यमा पार्टी मेटिन सक्छ तर लोकतान्त्रिक मूल्य र मान्यतामा सम्झौता गर्न सक्दैन। जवसम्म माओवादीले लोकतान्त्रिक पद्धतिलाई इमान्दारिपूर्वक आत्मसात गर्दैन संविधानसभाबाट लोकतान्त्रिक संविधान बन्न संभव नै थिएन र छैन। चार वर्षसम्म पनि संविधानसभाबाट संविधान बन्न नसक्नुमा कांग्रेस, एमाले सहितका अन्य दललाई दोष दिनुको तुक छैन, शान्ति प्रक्रिया र संविधान निर्माणको चरणमा यिनीहरुले माओवादीसंग दह्रोसंग अडान राख्न सकेनन्, माओवादी राणनीति र कार्यनीतिमा कमजोर र लाचार देखिए आए तर संविधान नबन्नुको दोष यिनीहरूलाई दिनु अन्याय हुन्छ। नेकपा माओवादीले संविधानसभालाई राणनीतिक तहमा उपयोग गरेको र लोकतन्त्र, वैयक्तिक स्वतन्त्रता, स्वतन्त्र न्याय पद्धति, स्वतन्त्र प्रेस, मानव अधिकारको विश्वव्यापी मान्यता लगायतको लोकतान्त्रिक मूल्य र मान्यतालाई स्वीकार नगरेको, जनवादी सत्ता र जनविद्रोहको धम्की र धङ्गधङ्गी नछोडेको, देशको जातीय, धार्मिक एवम सामाजिक सद्भाव र राष्ट्रिय अखण्डतालाई खलल् पुर्या उने गरी बेतुकसंग जातीय मुद्धा उठाएर मुलुकलाई वर्वादीतर्फ उन्मुख गराएको र त्यसैगरी राजनीतिक मूल्य र मान्यतालाई पर्वाह नगरी फगत सत्ताकै लागि होनी–अनहोनी जे गर्न पनि तयार हुने मधेश केन्द्रित दलहरु माओवादीको भरिया बनिदिंदा नै संविधानसभाले जन अपेक्षा अनुसारको लोकतान्त्रिक संविधान दिन असफल भएको हो भन्ने कुरा सबैले बुझ्न जरूरी छ।
पछिल्ाो राजानीतिक घटना पछि कमसेकम कांग्रेस एमाले एक ठाउँमा उभिएका छन्। अनपेक्षित रुपमा अपरझटसंग सरकारले अदालतको सम्मानको कुनै पर्वाह नराखी ३ महिनाका लागि संविधानसभाको म्याद पुनः थप गर्न अन्तरिम संविधान संशोधनको प्रस्ताव दर्ता गरे पछि शान्ति प्रक्रिया र संविधान लेखनका क्रममा विगत लामो समयदेखि माओवादी रणनीतिका अगाडि लाचार हुँदै आएका कांग्रेस र एमाले अदालतको सम्मान गर्दै म्याथ थपको विरूद्धमा दह्रोसंग उभिए पछि माओवादीलाई केही राजनीतिक दवाव दिन सफल भएका छन्। सत्ताको खेलमा नअल्झी विगत देखि यसरी नै नेपाली कांग्रेस र एमाले लोकतान्त्रिक मूल्यका पक्षमा दृढतापूर्वक उभिदै आएको भए माओवादीलाई लोकतान्त्रिक मार्गमा आउन वाध्य पार्न सकिन्थ्यो। तर अब विगतलाई सच्याउन सकिन्न, तर गल्तिबाट पाठ सिक्दै सुधार गर्न सकिन्छ र भविष्यको मार्ग पहिल्याउन सकिन्छ। अझै पनि कांग्रेस र एमाले दुई दलले लोकतान्त्रिक मूल्यमा सहमति र सहकार्य गर्दै अगाडि बढे लोकतन्त्र प्रति अलिकति आशावादी हुन सकिन्छ।
नेपाली कांग्रेसले पार्टीले अंगाल्दै आएको नीति र सिद्धान्त विपरित एमाले, मधेशी मोर्चा सहित माओवादीसंग गरेको पछिल्लो पाँच बुँदेको सहमति पार्टी जीवन कै ऐतिहासिक हो भन्दा अन्यथा हुँदैन। ”नेपाली कांग्रेस संवैधानिक राष्ट्रपति एवं संसदमा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री हुने संसदीय पद्धतिको पक्षमा छ। केन्द्रीय र प्रादेशिक संसदका सदस्यबाट मुलुकको जातीय, भाषिक, साँस्कृतिक विविधताको प्रतिनिधित्व हुने गरी राष्ट्रपति निर्वाचित गर्नुपर्ने पद्धतिको पक्षमा छ” भन्ने पार्टीको १२ औं महाधिवेशन नीति र कार्यक्रम विपरित केन्द्रीय कार्यसमितिको वैठक डाकेर सामान्य छलफल समेत नगरी वार्ताका टेवलमा बस्ने नेताहरुले संसदीय लोकतन्त्रलाई छतविक्षत पार्ने गरी माओवादीको माग बमोजिम जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा मोहर लगाएर जुन भुल गरे निश्चय नै कांग्रेसको वैचारिक विचलन र भुल थियो।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन नेतृत्व गर्ने क्रममा नेपाली कांग्रेसले विगतमा १२ बुँदे समझदारी देखि नै पार्टीको नीति र सिद्धान्तमा लत्तो छोड्दै आएको कुरा आम कार्यकर्ताले महशुस गरेकै हो। अस्थायी शिविरमा रहेको हतियार र माओवादी पूर्व लडाकुहरू नेपाली सेनाको नियन्त्रणमा आइसके पछि संविधान निर्माणको क्रममा पार्टीको नीति र संसदीय मूल्य–मान्यता अनुसार नेपाली कांग्रेसको भूमिका सशक्त हुने अपेक्षा गरिएको थियो तर कार्यकर्ता पंक्ति र आम प्रजातन्त्रवादी जनताले अपेक्षा अनुसार शसक्त भूमिका हुन सकेन। पछिल्लो पाँच बुदे सहमति पछि त झन कांग्रेसले जनताबाट प्रत्यक्ष मतबाट निर्वाचित राष्ट्रपतिको पक्षमा सहमति गरेर संसदीय पद्धतिलाई कुरूप बनाउन र राज्यको पुनर्संरचना आयोगको अल्पमत पक्षले प्रस्तावित गरेको ६ प्रदेशमा अडान नराखी ११ प्रदेशमा सहमति गरेर महान भुल गरेको छ। पार्टीको नीति र संसदीय दलको पछिल्लो वैठकले संविधान निर्माणका क्रममा संसदीय पद्धतिमा दह्रोसंग उभिन गरेको निर्देशन विपरित पार्टी नेतृत्वले माओवादीका सामु लाचार भएर संसदीय व्यवस्थाको मान्यता विपरित गएर जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका पक्षमा उभिएला भनेर कसैले कल्पनासम्म गरेको थिएन। वार्ताका क्रममा पार्टी नेतृत्व यतिको गतिछाड्दा हुँदासम्म समेत १२ औं महाधिवेशनबाट ७५ प्रतिशत भन्दा बढि निर्वाचित भएर आएका केन्द्रीय कार्यसमितिका सदस्य एवम् पदाधिकारीहरु नेतृत्व प्रति किन लाचार देखिए आश्चर्य कै विषय भएको छ। विगतमा गिरिजा वावु जस्तो व्यक्तित्वका अगाडि लाचार देखिएको केन्द्रीय कार्यसमिति आज पनि किन निरिह र लाचार देखिएको छ? महिनौ कार्यसमिति वैठक नडाँकिंदा र पार्टीका महत्वपूर्ण मुद्धाहरुमा पार्टीमा सामान्य छलफल नहुँदा कार्यसमितिमा पुगेर के के न गरौंला भन्ने कथित युवा नेताहरु कता छन्? खोजी कै विषय बनेको छ।
आम जनतालाई अरू पार्टी प्रति भरोसा नभए पनि कमसेकम नेपाली कांग्रेस पार्टीले संसदीय पद्धति र लोकतान्त्रिक मूल्य र मान्यता प्रति कसैसंग सम्झौता गर्दैन भन्ने एक प्रकारको भरोसा थियो तर कांग्रेसले आम जनताको त्यो भरोसा पार्टीको नीति, सिद्धान्त पछिल्लो १२ औं महाधिवेशनको निर्देशन विपरित माओवादीको रणनीति र योजना मुताविक संसदीय पद्धति र लोकतान्त्रिक मूल्य र मान्यता विपरित माओवादीसंग सम्झौता गरेर पार्टीलाई विसर्जनको संघारमा पुर्या एको छ।
मुलुकको राजनीति सङ्कटमा परिरहेको संघीन राजनीतिक अवस्थामा नेपाली कांग्रेसले शान्ति, लोकतान्त्रिक संविधानका लागि एक भएर मुकाविला गर्न छोडेर यही अप्ठ्यारो राजनीतिक परिस्थितिको फाइदा उठाउन राजनीतिक च्याखे थापेर अन्तर पार्टी द्वन्द्वको मुद्धालाई उठाउनु राजनीति वेइमानी हो। यसले कार्यकर्ता पङि्तमा रहेको अलिकति सहानुभूतिलाई गर्दछ भन्ने सामान्य कुरा पनि किन नबुझेको होला। पार्टीले एक भएर लोकतन्त्र विरोधीहरुसंग मुकाविला गर्ने बेला हो, मौका छोप्दै भातृंसंस्थाको मुद्धालाई उठाए पार्टी भित्र छिड्के हान्ने, राष्ट्रिय राजनीतिमा शसक्त भूमिका खेन्ल अलमलिने बेला होइन।
कांग्रेसले लामो समय देखि संसदमा प्रमुख प्रतिपक्ष दलका हैसियतले तुलनात्मक रुपमा राम्रै भूमिका निर्वाह गरेको थियो तर पछिल्लो पाँच बुँदे सहमति पछि के के न पाए जस्तो गरी पार्टीमा छलफल र सहमति विना नै हतारमा जात फाल्नु गहतको झोलमा भने जस्तो शैलीमा सरकारमा जान गरेको असामयिक र गलत निर्णयले जनतामा कांग्रेसको साख गिरेको छ। कमसेकम अदालतको फैसला पछि यथाशिघ्र सरकारबाट फिर्ता हुने निर्णय गरेर कांग्रेसले गरेको भुललाई सच्याउने प्रयास गरेको छ।
लोकतान्त्रिक मूल्य र मान्यता अनुसारको संविधान बन्दछ भने आजको एक दिनमा पनि कांग्रेसले संविधान निर्माणका लागि जस्तो सुकै सम्झौता गरे हुन्छ अन्यथा संविधानसभा अवसान पछि हुने रिक्तताको भयमा अथवा माओवादीको दवावमा परेर पार्टी नीति, सिद्धान्त र लोकतान्त्रिक मर्म विपरित धार्मिक, जातीय र क्षेत्रीय द्वेष बढाउने खालको कुनै कुरामा कांग्रेसले संम्झौता गर्नु हुँदैन। जनताले शान्ति खोजेका हुन्, लोकतन्त्रको स्थायित्व खोजेका हुन्, भय मुक्त भएर गरिखान खोजेका हुन्, कुनै पनि बहानामा देशको विखण्डन खोजेका छैनन्, कांग्रेसले तत्कालको लाभ हानी भन्दा देश, जनता र लोकतन्त्रका हितमा कठोर भएर पार्टी एक ढिक्का भएर उभिनै पर्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा