निर्धारित मिति माघ ८ गते संविधान आउदैन : उपेन्द्र यादव

१२ आश्विन २०७१, आईतवार २२:२४ मा प्रकाशित

काठमाडौं, १२ असोज । मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभा र संवैधानिक राजनीतिक सम्वाद समितिले संविधानका विवादित विषयहरुमा कुनै काम नगरेको दावी गरेका छन् ।

उनले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीको विषयमा अहिलेसम्म कुनै छलफल हुन नसकेको र पुरानै संविधानसभाका विषयहरुलाई सहमति भयो भनेर प्रचार गर्ने गरेको बताए ।

सम्वाद समितिका सदस्य समेत रहेका यादवले विवादित विषयमहरुमा कुनै छलफल हुन सकेको यस्तो अवस्थामा माघ ८ गते कुनै पनि हालतमा नयाँ संविधान आउन नसक्ने बताए ।

सहमति जुटाउनु पर्ने नेताहरु विदेशमा रहेको र सम्वाद समितिमा नेताहरुको न्यून उपस्थिति हुने गरेको भन्दै उनले कसरी छलफल हुन्छ भनी प्रश्न गरे ।
यादवले कांग्रेस र एमालेले सहमति नगरी प्रक्रियाबाट संविधान जारी गरे स्वीकार्य नहुने बताए । त्यस्तो अवस्थामा संविधानसभा छाडेर सडक आन्दोलनमार्फत नयाँ संविधान घोषणा गर्ने उनको चेतावनी छ ।

राज्य पुनःसंरचनाको बटमलाइनमा तलमाथि नहुने र संघीयतासहितको संविधान चाहिने स्पष्ट पार्दै यादवले उत्तरदक्षीण संघीयताको कुरा उठाएर ठूला दलहरु संघीयताबाट भाग्न खोजेको आरोप लगाए ।

त्यस्तै डा. सीके राउतको बोल्दै यादवले राउतले उठाएको मुद्दा असान्दर्भिक भएको उल्लेख गर्दै त्यसमा आफूहरुको समर्थन नरहेको स्पष्ट पारे । उनले सरकारले राउतलाई पक्राउ गरेर हिरो बनाउने प्रयास गरेको आरोप लगाए । उनले पक्राउ र राउतको मुद्दा आफूहरुको लागि स्विकार्य नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार