आदीबासी जनजाती महासंघद्धारा संघीयता विराधीको भण्डाफोर अभियान घोषणा

१६ जेष्ठ २०६९, मंगलवार १८:२१ मा प्रकाशित

काठमाडौं, १६ जेठ । आदिवासी जनजाति संयुक्त संघर्ष समितिले संविधानसभा विघटन पार्ने र संघीयता विरुद्धमा लाग्ने व्यक्ति तथा प्रमुख राजनितिक दलहरुको भण्डाफोर अभियान चलाउने  जनाएको छ ।
हिजो र आज बसेको बैठकले सो कुराको निर्णय गरेको  नेपाल आदिबासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले सोको जानकारी दिए । जातीय पहिचान सहितको संघीय संविधान निर्माणमा बाधा पुर्याउनेको विरुद्धमा सांझा अवधारणा तयार गरेर  पम्प्लेटको रुपमा देशभरीका आदिवासी जनजातिहरुलाई दिने र भित्तेलेखन समेत गर्ने  शेर्पाले जानकारी गराएका छन् ।
त्यस्तै संविधान विघटनको विरुद्धमा राजधानी केन्द्रित जनप्रदर्शनमा ललितपुर मंगलबजारमा २१ गते  बृहत जनप्रदर्शन गर्ने र उपत्यका बाहिरका  ७२ जिल्लामा पनि विरोध सभा र जनप्रदर्शन गर्ने जनाएको छ ।
सो संघर्ष समितिले  ३१ गते संघीय परिषदको आकस्मिक वैठक बसी संविधान सभा बिघटन पछिको अवस्थाबारे अवधारणा तयार गर्दै आगामी मंसिर ७ गतेलाई तोकिएको निर्वाचनमा दुई तिहाई बहुमत प्राप्तिको लागि लागि पर्ने पनि जनाएको छ ।
त्यसको लागि महासंघले तीन विकल्पलाई अगाडी सारेको छ,  जस अन्तर्गत अहिले रहेका पार्टीसंग सहकार्य गर्ने , राष्ट्रिय मोर्चा तयार गर्ने र नयाँ पार्टी स्थापना गर्ने रहेका छन् ।  यसको लागि महासंघले असार २ र ३ गत राष्ट्रिय सम्मेलन गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको