राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई एमालेको आग्रह

१६ जेष्ठ २०६९, मंगलवार १८:०० मा प्रकाशित

काठमाडौ १६ जेठ । नेकपा एमालेले संवैधानिक व्यवस्थाअनुरुप राष्ट्रिय सहमतिको सरकार गठनका लागि अविलम्ब प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आग्रह गरेको छ । यसैगरी  एमालेले संविधानसभाबाट संविधान निर्माण गर्ने सम्भावना रहँदारहँदै त्यसलाई असफल बनाउने काम भएको जनाएको छ । आज बसेको स्थायी समितिको बैठकले संविधान संशोधन गरी व्यवस्थापिका–संंसदलाई कायम राख्दै नयाँ जनादेशमा जान सकिने सम्भावना रहे पनि एकलौटीरुपमा निर्वाचनको घोषणा गरेर प्रधानमन्त्रीले मुलुकलाई संवैधानिक संकटतर्फ उन्मुख गराउने र सर्वसत्तावाद लाद्ने कोशिस गरेको निष्कर्ष निकालेको छ । संविधानसभा बिघटन भएको अवस्थामा वर्तमान सरकार कामचलाउ अवस्थामा रहेकोले संविधानसभाको निर्वाचन गराउन सक्ने हैसियत नभएको पनि एमालेले जनाएको छ । बैठकपछि अध्यक्ष झलनाथ खनालले जारी गर्नुभएको विज्ञप्तिमा संविधानसभा बिघटन गरी अर्को निर्वाचनमा जाँदा उत्पन्न हुनसक्ने राजनीतिक, संवैधानिक र कानुनी प्रश्नहरुमा विचारै नगरी प्रधानमन्त्रीका तर्फबाट चालिएको कदम असंवैधानिक र त्रुटिपूर्ण रहेको कुरा स्पष्ट भइसकेको उल्लेख छ । ऐतिहासिक जनआन्दोलन र बिस्तृत शान्ति संझौताको भावना र मर्म तथा नेपालको अन्तरिम संविधान–२०६३ विपरित सर्वसत्तावादीढंगले अघि बढ्न खोज्ने भट्टराई नेतृत्वको सरकारले जनआन्दोलनको भावनाविपरित संविधानसभालाई असफल बनाउने र अन्तरिम संविधानको मर्मविपरित मुलुकलाई जनप्रतिनिधिबिहीन अवस्थामा पु¥याउने षडयन्त्रपूर्ण अपराध गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस