कोइराला मोदी भेट, द्धिपक्षीय भेट आसन्न सार्क सम्मेलनमा केन्द्रित

१२ आश्विन २०७१, आईतवार ०१:१३ मा प्रकाशित

प्रकाश अधिकारी, न्यूयोर्क, १२  असोज । प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज(शनिबार) दिउँसो भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ता संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित न्यूयोर्क प्यालेस होटलमा भएको थियो ।

भेटवार्ता दुइदेशको आपसी सम्बन्ध, सार्क सम्मेलनको तयारी, भारतीय सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाहरुमा केन्द्रित भएको थियो ।

भेटमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले आफू स्वस्थ भैसकेको बताउनु भएको थियो ।

वार्ताका अवसरमा प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्रीको गत साउनमा सम्पन्न नेपाल भ्रमण पछि द्धिपक्षीय सम्बन्धमा नयाँपन आएको बताउनु भएको थियो । उहाँले भ्रमणकालमा भएको समझदारी अनुरुप नै डेढ महिनाभित्र विद्युत व्यापार संझौता र माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनी जीएमआरसंग लगानी बोर्डले आयोजना विकास संझौता गरिसकेको बताउनु भएको थियो । प्रधानमन्त्री कोइरालाले नेपाल लगानीको लागि अनुकूल बन्दै गएको पनि उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको प्रक्रिया बिलम्ब भए जस्तो देखिए पनि संविधानसभामा रहेका सबैदलहरु एक बर्षभित्रमा संविधान निर्माण गरी जारी गर्न प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले संविधान निर्माणमा संविधान सभामा प्रतिनिधित्व गर्न नसकेका दलहरुको विचारलाई समेत समेट्ने मनशायले राजनीतिक संवाद समिति र सरकारले पनि काम गरिरहेकोले पनि केही बिलम्ब भएको बताउनु भयो । प्रधानमन्त्री कोइरालाले भरसक सहमतिमा नै संविधान निर्माण गर्ने नभए प्रजातान्त्रिक परिपाटी अनुरुप मतदानबाट भएपनि विवादित विषयको टुंगो लगाएर संविधान जारी गरिने बताउनु भयो । उहाँले नेपाल शान्ति, स्थायित्व,लोकतान्त्रिक संविधान , लोकतन्त्रको संस्थागत विकास र आर्थिक सामाजिक विकासको दिशामा अग्रसर भएको विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले सार्क शीखर सम्मेलनको तयारीका सम्बन्धमा पनि चासो व्यक्त गर्नु भएको थियो । वार्तामा सहभागी रहनु भएका परराष्ट््रमन्त्री महेन्द्र पाण्डे र उहाँका भारतीय समकक्षी शुषमा स्वराजले सार्कको शीखर सम्मेलनको तयारीका बारेमा माल्दीभ्समा सम्पन्न मन्त्री स्तरीय बैठकमा विशेष छलफल भएको जानकारी दुवै प्रधानमन्त्रीलाई गराउनु भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले सार्क सम्मेलनको अवसरमा जनकपुर र लुम्बिनीको भ्रमण गर्ने रहर पुरा हुने विश्वास पनि व्यक्त भएको थियो ।
भेटमा प्रधानमन्त्री कोइरालालाई परराष्ट्र्मन्त्री महेन्द्र पाण्डे, प्रधानमन्त्री परराष्ट्र्सल्लाहकार डा. दिनेश भट्टराइ, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव बसन्तकुमार गौतम,परराष्ट््रसचिव शकर वैरागी,संयुक्त राष्ट््रसंघकालागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई लगायतका वरिष्ठ अधिकारीहरुले साथ दिनु भएको थियो । भारतीय प्रधानमन्त्री मोदीलाई विदेशमन्त्री सुषमा स्वराज, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित धोवाल, विदेश सचिव सुजाथा सिंह विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबुरिद्धिन, लगायतका विदेश मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुले साथ दिनुभएको थियो ।

संयुक्त राष्ट्र्संघको ६९ महासभालाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री हिजो शुक्रबार न्यूयोर्क आइपुग्नु भएको हो । उहाँले शनिबार बिहान महासभालाई संबोधन गरिसक्नु भएको छ । प्रधानमन्त्री कोइरालाले हिजो शुक्रबार अपरान्ह महासभालाई सम्बोधन गरिसक्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार