कुवेतलाई ९ विकेटले पराजित

११ आश्विन २०७१, शनिबार १८:२५ मा प्रकाशित

काठमाडौं, ११ असोज । एसियाड कुवेत विरुद्ध नेपालले १ विकेट गुमाएर लक्ष्य भेटाएको हो । २१ रनको लक्ष्य पच्छाउन नेपाललाई २ दशमलब ५ ओभर खेल्नु परेको थियो ।

नेपालका सुवास खकुरेलले ७ विनोद भण्डारी ५ रनमा अविजित रहदा सागर पुनले भने ९ रन जोडेर आउट भए । टस हारेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १३ ओभर २ बलमा कुवेतलाई २० रनमा समेट्यो ।

कुवेतका ब्याट्सम्यानलाई सस्तैमा समेट्ने क्रममा नेपालको किफायती बलर सोमपाल कामिले ४ ओभर बलिङ गर्दै २ मेडन सहित ४ रन खर्चेर ३ विकेट लिए ।त्यस्तै १ ओभर बलिङ गरेका बसन्त रेग्मीले २ विकेट लिएर १ रन खचिर्ए । सागर पुनले पनि ३ ओभर बलिङ गर्दा ७ रन दिन पुगे र उनले २ विकेट लिए।

बास्केटबलमा नेपाली महिला टिमले आफ्नो समूहको अन्तिम खेलमा बलियो टिम मंगोलिया माथी ७७–४२को हार ब्यहोरेको छ । नेपालका लागि स्नेहा श्रेष्ठले सर्वाधिक १५ स्कोर गरिन् ।त्यसै गरि भावना लामाले ९ तथा अनुषा मल्लले ७ स्कोर गरिन् । यो खेल संग नेपाली बास्केटबल टिमले एशियाड पनि सकाएको छ । समूहचरण बाटै बाहिरिएको नेपाल काजखस्तान र हङगकङगसंग पराजय ब्यहोरेको थियो भने कतारबाट वाकओभर पाएको थियो ।

आजै भएको टेबल टेनिसको महिला टिम चीन र भारत संग पराजित भएको छ । विमानको लामो दूरीको यात्रा पछि आज विहान मात्र कोरिया पुगेको टोली सिदै प्रतियोगितामा सहभागि भएको नेपाली टिमले चीनसंग ३–० को हार बेहोरेको हो ।
नेपालकी नम्बर एक खेलाडी नबिता श्रेष्ठ ११–४, ११–४ र ११–५ ले, काजल रौनियार ११–३, ११–४ र ११–४ ले तथा एलिना महर्जन ११–१, ११–३ र ११–२ ले पराजित भइन् । थकित अवस्थामा रहेको नेपाली टिम भारतसंग पनि पराजित हुन पुगेको छ ।

नविता ११–८, ११–५ र ११–२ले, काजल ११–५, ११–१ र ११ –५लेनै तथा एलिना ११–६, ११–५ र ११–२ले पराजित भए । नेपालले महिला टिम तर्फ भोली मलेसियाको सामना गर्नेछ भने पुरुष टिमले कुवेतसंग खेल्ने तालिका रहेको छ ।

टेवलटेनिसको पुरुष टिमका खेलाडीहरु समयमै नआइपुग्दा आयोजकले अयोग्य घोषित गरेको छ । अम्पायर टिमका एक प्रतिनिधिसंग जहाजका कारण खेलाडीहरु समयमा आउन नसकेको जानकारी गराउदा जुरीसंग कुरा गरी अर्को खेलमा खेल्न दिने या नदिने भन्ने सम्वन्धमा निण्ाँय गरिने वताए ।

पुरुषतर्फ दीप साउन, अजय सुवाल, पुरुषोत्तोम बज्राचार्य, शिवसुन्दर गोथे र अमरलाल मल्लले खेल्ने कार्यक्रम रहेकामा शिवसुन्दर मात्र आइपुगेका छन् । महिलातर्फ रबिना महर्जन र रीतामैया प्रजापति सहभागी हुन बाकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।आठौंपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) का प्रशिक्षक फुजा तोपे नेपाल आइपुगेका छन् । मंगलबार

अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेका नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको

काठमाडौं । मयंक अग्रवालको उत्कृष्ट इनिङसँगै न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जित निकालेको छ । मुम्बईमा सोमबार सम्पन्न