बेनी–जोमसोम सडक अवरुद्ध

११ आश्विन २०७१, शनिबार १८:१८ मा प्रकाशित

म्याग्दी, ११ असोज । म्याग्दीको बेनीदेखि हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक सञ्चालन भएको एक हप्ता नपुग्दै पुन फेरी अवरुद्ध बनेको छ ।

म्याग्दी र मुस्ताङको सीमा क्षेत्र दानादेखि घाँसासम्म करिब एक दर्जन ठाउँमा पहिरो खसेपछि करिब सात किलोमिटर सडक पैदल हिँडेर पार गर्नुपर्ने अवस्था छ ।
दानाको घट्टेखोला, रुप्से, काभ्रेभिर, बाँदरजुङ भीर, घोप्टे ओडारलगायतका स्थानमा पहिरो गएकाले सवारी साधन अवरुद्ध बनेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका निरीक्षक किशोर केसीले जानकारी दिए ।

केही दिनयता मुस्ताङमा तीर्थयात्री र पर्यटकको चाप बढेपनि सडक अवरुद्ध हुँदा सास्ती भएको छ । सडक अवरुद्ध हुँदा घाँसादेखि दानासम्म करिब साढे दुई घण्टा पैदल हिड्नुपर्ने भएको छ ।

धेरै ठाउँमा पहिरो गएकाले सडक सुचारु गराउन केही दिन लाग्ने निरीक्षक केसीले बताए । गत सोमबार रुप्सेमा सडक मर्मत गरेर करिब तीन महिनापछि बेनी जोमसोम सडकमा सिधा सवारी सञ्चालन गर्न थालिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको

बैतडी । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाई गरेको छ । भारतले

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बिहिबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ।