नन्दप्रसाद प्रकरणः मानव अधिकार हनन् भएको मानव अधिकारवादी संस्थाको आरोप

११ आश्विन २०७१, शनिबार १८:१६ मा प्रकाशित

काठमाडौं, ११ असोज । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले अनसनमा रहेका नन्दप्रसाद अधिकारीको मृत्यु हुनुले मानव अधिकारको हनन् भएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिसन अफ जुरिस्ट आइसिजेले आफ्ना छोराका हत्यारालाई कानुनी कारवाहीको माग गर्देै भोक हड्तालकै अवस्थामा नन्दप्रसाद अधिकारीको मृत्यु हुनुलाई न्यायको संज्ञा दिएका हुन् । वाच र आइसिजे दुबैले आज अमेरिकाको न्यूयोर्कबाट विज्ञप्ति जारी गर्दै कृष्णप्रसादको मृत्युको एक दशकसम्म न्याय दिन नसकेको बताएका छन् ।

छोरा कृष्णप्रसादको हत्या गर्ने हत्यारालाई कारवाहीको गाग गर्दै ११ महिना भोक हड्तालमा रहेका नन्दप्रसाद अधिकारीको ६ दिन अघि वीरस्पतालमा निधन भएको हो । एनेकपा माओवादीका कार्यकर्ताले दशकअघि गरेको हत्यामा न्याय दिन सरकार असफल भएपछि गत वर्ष कात्तिक ६ गतेदेखि पिता नन्दप्रसाद र आमा गंगामाया अधिकारी भोक हड्तालमा थिए । नन्दप्रसादको निधनपछि पनि गंगामाया निरन्तर आन्दोलनमा छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार