दशैँ विदामा पनि अदालतहरु खुल्ने

११ आश्विन २०७१, शनिबार १८:१४ मा प्रकाशित

काठमाडौं, ११ असोज । दशैँ बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइका लागि सर्वोच्च अदालत, पूनरावेदन र जिल्ला अदालतका इजलास खुल्ला रहने भएको छ ।

विजयादशमीको अवसरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म न्यायालय बन्द रहने भएपनि बन्दीप्रत्यक्षीकरणको सुनुवाई भने हुने भएको हो ।
बिदाका दिन कुनैपनि व्यक्तिले लामो समयसम्म थुनामा रहन नपरोस र मुद्दा हेर्ने अधिकारीको आदेशले मात्र थुनामा राख्नका लागि इजलास खुल्ला गर्ने निर्णय गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

सो अवधिभर बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास खुल्ला रहने र दिउँसो १ बजेसम्म आएका रिट निवेदन दर्ता गर्ने तर घटस्थापना, विजया दशमी र शनिबारका दिन भने अदालत बन्द हुनेछ ।

बडादशैंको अवसरमा सर्बोच्च अदालले मात्र बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै आएकोमा २०६८ सालदेखि उपत्यकाभित्र पुनरावेदन अदालत र जिल्ला अदालत समेत शूरु गरेका छन् । अन्य जिल्लामा पनि जिल्ला अदालतबाट वन्दीको निवेदन सुनुवाइ हुने व्यवस्था गर्न सबोच्च अदालतले परिपत्र गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार