सत्तारुढ दल काँग्रेस एमालेको छलफल

११ आश्विन २०७१, शनिबार १८:१२ मा प्रकाशित

काठमाडौं, ११ असोज । उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने बिषयमा सत्तारुढ घटक दलहरुबिच छलफल भएको छ ।
नेकपा एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको छलफलमा समितिको प्रकृति तथा नेतृत्वका बिषयमा समेत छलफल भएको हो ।

प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी लगाएतका दलहरुले दलहरुबिच भएको चारवुँदे सहमति अनुसार समिति गठन हुनुपर्ने तथा यसको संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई दिनुपर्ने भन्दै लगातार सदन अबरुद्ध गरेपछि सत्तारुढ दल काग्रेस र एमाले छलफलमा जुटेका हुन् ।

बैठकमा सदन अबरुद्ध हुँदा बजेट पास हुन नसकेको भन्दै छिट्टै सदन खुलाउने बिषयमा छलफल भएको बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।
एमाले उपाध्यक्ष बिद्यादेवी भण्डारीले सदन खुलाउने बिषयमा नै दुई दलबिच छलफल भएको जानकारी दिईन् ।

त्यस्तै कागे्रेस नेता एवं वनमन्त्री महेश आचार्यले समिति गठन गर्ने बिषयमा छलफल भएको भन्दै संबैधानिक निकाय बाहिर रहेर समिति गठन गर्नु उपयुक्त नभएको धारणा राखे । उनले प्रतिपक्षी दलको मागका बिषयमा छलफल गर्दै सदन खुलाउने प्रयास जारी राख्ने बताए ।
बैठकमा संबिधानका बिबादित बिषयमा पनि छलफल भएको र समान धारणा बनाउने प्रयास भएको नेताहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार