एसियाडमा शनिबार चार खेल हुने

११ आश्विन २०७१, शनिबार ०९:४५ मा प्रकाशित

काठमाडौं, ११ असोज । दक्षिण कोरियाको इन्चोनमा जारी सत्रौँ एसियाली खेलकुदमा आज क्रिकेट, टेबल टेनिस, कुस्ती र एथ्लेटिक्समा नेपाली टिमले प्रतिष्पर्धा गर्दैछन् ।

यद्यपी आज हुने सबैजसो खेलका खेलाडीहरु आजमात्रै दक्षिण कोरिया पुग्ने भएकाले उनीहरुको प्रदर्शन कमजोर हुनसक्ने आशंका गरिएको छ । बिहिबार पुग्नु पर्ने खेलाडी ड्राईगन एयरको जहाज ग्राउडेड हुँदा खेलाडीहरु हिजो अबेर कोरियाका लागि उडेका थिए । बिभिन्न प्रतिष्पर्धाका खेलाडीहरुलाई बिहिबार र हिजो गरेर उडाउने तालिका रहे पनि एयरलाईन्सका कारण आज मात्रै कोरिया पुगेका छन् ।

खेलाडी इन्चोनमा पुग्नासाथ प्रतिष्पर्धामा उत्रिनु पर्ने भएकाले राम्रो प्रदर्शन गर्न नसक्ने आशंका गरिएको हो । तीनदिन देखि एयरपोर्टमा बिमान कुरेर बसेका खेलाडी अरु बिभिन्न एयरलाईन्समार्फत आज इन्चोन पुग्न लागेका हुन् । यसियाड अन्तर्गत यस अघि भएका सबैजसो खेलमा नेपालले कमजोर प्रदर्शन जारी राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेघराज

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले जित हात पारेको छ । शुक्रबार भएको खेलमा मलेसियालाई ६ विकेटले

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ

काठमाडौं।सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना

आजको प्रमुख समाचार