संसद खुलाउन सभामुखको पहल

११ आश्विन २०७१, शनिबार ०९:४१ मा प्रकाशित

काठमाडौं, ११ असोज । अवरुद्ध व्यवस्थापिका संसद्को कामकारवाही सुचारु र संविधान निर्माण प्रक्रियालाई तत्काल निष्कर्षमा पुर्याउन दलहरुलाई दवाद दिन सुरु गरेका सभामुख सुवास नेम्वाङले आज पनि विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।

कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग हिजो छुट्टाछुट्टै छलफल गर्नुभएका नेम्वाङले आज संवाद समितिका सभापति एवम् एमाओवादीका नेता बाबुराम भट्टराईसँग छलफल गर्नेछन् ।
त्यसपछि आजै अन्य नेताहरुसँग छलफल गर्ने सभामुख नेम्वाङ स्रोतले जनाएको छ ।

नेम्वाङले हिजो कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार