प्रधानमन्त्री हटाउन काग्रेस र एमाले सहितका दलहरुले आन्दोलन गर्ने

१६ जेष्ठ २०६९, मंगलवार १७:५१ मा प्रकाशित

काठमाडौ, १६ जेठ । एकलौटी रुपमा संविधानसभाको निर्वाचनको मिति घोषणा गर्ने सरकारको निर्णय विरुद्ध नेपाली काग्रेस र नेकपा एमाले सहितका दलहरुले संघर्ष गर्ने भएका छन् ।
काग्रेस मुख्यालय सानेपामा बसेका आजको बैठकले आन्दोलनबाट प्रधानमन्त्रीलाई पदबाट हटाउन बाध्य बनाउनु पर्ने निष्र्कस निकालेको काग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले जानकारी दिए ।
उनले दुई वटा मधेस प्रदेश निर्माण गर्ने पूर्वको झापा, सुनसरी, मोरङ र पश्चिमको कैलाली कन्चनपुर कुन प्रदेशमा रहने भन्ने विषयमा जनमत संग्रह गर्ने नभए संकटकाल लगाएर संविधानसभा बचाउने विषयमा काग्रेस र एमाले सहमत रहेको अवस्थामा षडयन्त्र मुलक ढंगले प्रधानमन्त्रीले संविधानसभा विघठन गरी एकलौटि रुपमा निर्वाचनको घोषणा गरेको भन्दै प्रधानमन्त्रीलाई सडक आन्दोलनबाटै हटाउने चेतावनी दिए ।
उनले सत्ता कब्जा गर्ने रणनीतिका साथ प्रधानमन्त्रीले निर्वाचनको घोषणा गरेको दावी गर्दै प्रधानमन्त्रीले पद नछाडेसम्म निर्वाचन हुनै नसक्ने ठोकुवा गरे ।
नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीले सरकार सत्ता कब्जाको रणनीतिमा लागेको भन्दै आन्दोलनबाट प्रधानमन्त्रीलाई कुर्सिबाट खसाल्ने चेतावनी दिए । उनले आन्दोलनको विकल्प नभएको समेत स्पष्ट पारे ।
बैठकले प्रधानमन्त्रीको कदम असम्बैधानिक भएकोले यस्तो असम्बैधानिक सरकारको नेतृत्वमा हुने निर्वाचनमा समेत सहभागी नहुने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीको असम्बैधानिक कदम विरुद्ध सम्बैधानिक कदम चाल्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव