संविधानसभा विघटन भएकोमा राष्ट्र सङ्घ महासचिवको पनि चिन्ता

१६ जेष्ठ २०६९, मंगलवार १४:५४ मा प्रकाशित

काठमाडौ, १६ जेठ । नयाँ संविधान जारी हुन नसकी संविधानसभा विघटन भएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले चिन्ता व्यक्त गर्नुभएको छ । महासचिव मुनको प्रवक्ताले आज जारी गर्नुभएको विज्ञप्तिमा संविधानसभा विघटन भएको घटनाले नेपाली जनतामा देखिएको निराशाप्रति सहानुभूति व्यक्त गरिएको छ । संविधानसभा विघटन भएपछि देखिएको राजनीतिक सङ्कट र चुनौतीबाट देशलाई मुक्त पार्न नेपालका दलहरूले हिम्मत र विवेक प्रदर्शन गर्नुपर्ने पनि मुनले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । महासचिव मुनले वृहत् शान्ति सम्झौताको भावनाअनुसार नै प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गर्दै अहिलेसम्मका सबै उपलब्धिको सुरक्षा गर्न पनि दलहरूलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री प्रकरण प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मंगलबार

आजको प्रमुख समाचार