कोइराला-अमेरिकी सहायक विदेशमन्त्री भेट, उर्जा बिकासमा तेस्रो पक्षको संलग्नता निषेध नगर्न आग्रह

१० आश्विन २०७१, शुक्रबार १०:३३ मा प्रकाशित

पुरुषोत्तम ढकाल, न्युयोर्क, १० असोज । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले बिहिबार पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ, बंगालदेशका प्रधानमन्त्री सेख हसिना र अमेरिकी सहायक विदेशमन्त्री विंडी शेरम्यानसंग बेग्ला बेग्लै सिष्टाचार भेट गरेका छन् । सार्क राष्ट्र अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ, बंगालदेशका प्रधानमन्त्री सेख हसिनासंग आसन्न सार्क सम्मेलन, क्षेत्रीय र द्धिपक्षीय हितका बारेमा कुराकानी भएको प्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकरी दिए । भेटमा बंगालदेशका प्रधानमन्त्री सेख हसिनाले यातायातको सार्क संजाल र नेपालको जल तथा उर्जा द्धिपक्षीय हितमा उपयोग गर्ने छलफल भएको थियो । प्रधानमन्त्री कोइरालासंगको भेटमा अमेरिकी सहायक विदेशमन्त्री विंडी शेरम्यानले नेपालको उर्जा बिकासमा भारत बाहेक तेस्रो पक्षको लगानी अबरुद्ध गरिनु नेपालको हितमा नहुने सुझाएकी थिइन् । आजै प्रधानमन्त्री कोइरालासंगै राष्ट्रसंघिय शिखर सम्मेलनमा सहभागी हुन न्युयोर्क भ्रमणमा रहेका परराष्ट्र मन्त्रि महेन्द्र बहादुर पाण्डेले अल्प बिकसित राष्ट्रहरुको राष्ट्रसंघिय संजाल एल एलडिसीएसको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गरेका थिए । आजै सार्क सदश्य राष्ट्रहरुको मन्त्रि स्तरिय बैठकमा परराष्ट्र मन्त्रि पाण्डले सहभागिता जनाएका थिए । यसका अतिरिक्त परराष्ट्र मन्त्रि पाण्डले राष्ट्रसंघिय पिस किपिंग अपरेशनका सहायक महासचिब हर्भ लाउडोससंग समेत नेपालको जारी शान्ति प्रक्रिया बारे छल फल भएको थियो । प्रधानमन्त्री सुशील कोइरालाले भोलि २६ तारिख शुक्रबार ६९ औं राष्ट्रसंघिय शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार