‘चपली’ गर्ल बनिन् लेखिका

१० आश्विन २०७१, शुक्रबार ०९:०६ मा प्रकाशित

चलचित्र ‘चपली हाइट’ बाट सेक्सी नायिकाको रुपमा परिचित विनिता बराल पछिल्लो समय आफैले कृषि फार्म खोलेर व्यबसायिक गोलभेडा खेती सुरु गरिरहेकी छिन् ।

कृषिबाट नै देशको आर्थिक उन्नती हुन्छ भन्ने विचार बोकेकी विनिता बजारमा समेत आफै गोलभेडा बेच्ने गर्छिन् । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नायिका विनिता बरालले कृषि क्षेत्रमा धेरै समस्या भएपनि नेपाललाई कृषि क्षेत्रबाट नै आर्थिक उन्नतीमा टेवा पुराउन सकिने बताएकी छिन् ।

कहिले मल नपाइने,कहिले विउ नपाइने,कहिले तरकारी राम्रो सगँ उत्पादन नहुने यस्ता याबत समस्याहरु एक कृषकले खप्नु जतिको पिडा अरु केहि नहुने पनि उनले गुनासो व्यक्त गरिन् ।

त्यहि क्रममा उनले भनेकी छिन् ‘गोलभेडा बेच्दा बेच्दै अब आफुले एउटा कृषि सम्बन्धी उपन्यास लेखिरहेको बताएकी छिन् ।’ विनिताले भनेकी छिन् ‘सायद यस बर्ष नै उक्त उपन्यास निस्कन्छ होला ।

विनिताले पुस्तकको नाम भने खुलाउन चाहिनन् । ’ विनिता पछिल्लो समयमा चलचित्र भन्दा पनि कृषि क्षेत्रमा नै आफ्नो भविष्य खोजिरहेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी

सन्नी लियोनीको करियरले बलिउडमा खासै प्रभाव पार्न सकेको छैन । उनी कहिलेकाहीँ दक्षिण भारतीय फिल्ममा देखिने गर्छिन् । उनले यसका

उर्वशी रौतेला फिल्मभन्दा सामाजिक सञ्जालमा सक्रिय छिन् । उनको सौन्दर्य, हटनेस र फिगरका लाखौं फ्यानहरू छन् जसले उर्वशीको हरेक कार्यमा