एसियाडमा आज नेपालले ७ खेलमा प्रतिष्पर्धा गर्ने

१० आश्विन २०७१, शुक्रबार ०८:५४ मा प्रकाशित

काठमाडौं, १० असोज । इन्चोन एसियाडमा नेपालले शुक्रबार सात खेलमा प्रतिस्पर्धा गर्दैछ । बक्सिङको प्रीक्वार्टरफाइनलमा बेन्टम ५६ केजीमा पुरन राईले फिलिपिन्सका खेलाडी मारियो फर्नान्डेजको सामना गर्दैछन् । पुरन पहिलो खेलमा साउदी अरेबियाका खेलाडीमाथि सनसनीपूर्ण जित हासिल गर्दै प्रीक्वार्टरफाइनलमा पुगेका हुन् ।

यता, भारत्तोलनमा १ सय ५ केजीमाथिको समूहमा गोपालबहादुर श्रेष्ठले खेल्दैछन् । त्यसैगरी, महिलातर्फको ७५ केजी माथिको समूहमा तारादेवी पुनले खेल्दैछिन् । दुवै खेलाडीलाई पदकको दावेदारको रुपमा हेरिएको छ ।

महिला बास्केटबलमा नेपालले हङकङको सामना गर्दैछ । बास्केटबलमा हिजो नेपालले कतारबाट वाकओभर पाएको थियो । कतारले बुर्का लगाएर खेल्न पाउनु पर्ने अडान राखेपछि इन्छन एसियाडको नियमानुसार बुर्का लगाउन नपाउने भएपछि कतारले खेल छाडेको थियो । खेल छाडेबापत कतारलाई एक लाख अमेरिकी डलर जरिवाना लगाइएको छ ।

थाइल्याण्डसंग भारी अन्तरको हार बेहोरेको नेपालले समूहको तेस्रो खेलमा हङकङको सामना गर्न लागेको हो । समूह चरणबाट बाहिरिइसकेको नेपाल सान्त्वना जितको खोजीमा छ ।

शुक्रबारनै नेपालले आर्चरीमा पुरुष टिम रिकर्भमा मलेसियाको तथा महिला टिम रिकर्भमा चाइनिज ताइपेइको सामना गर्दैछ । त्यसैगरी, पुरुष एकलमा रमेश भट्टचनले साउदी अरेबियाका खेलाडीसंग, जितबहादुर मोक्तानले कुवेती खेलाडीसंग, आइसा तामाङले चाइनिज खेलाडीसंग तथा मोनिका रानामगरले अर्की चाइनिज खेलाडीसंग प्रतिस्पर्धा गर्दैछिन् ।

हिजोदेखि जारी गल्फमा दिनेश प्रजापति, तासि छिरिङ, विष्ण्ँुप्रसाद शर्मा र ताराबहादुर कार्कीले खेलिरहेका छन् । पहिलो दिन सामान्य प्रदर्शन गर्ने क्रममा इन्डिभिजुअलमा तासि र टंकले एक ओभरपार तथा विष्णुले तीन र दिनेशले सात ओभरपार खेले । टिमतर्फ नेपालले आज खेलिरहेको छ ।

साथै टेनिसको महिला डबल्सतर्फ नेपालले उज्वेकिस्तानसंग खेल्दैछ । यसअघिका प्रतिस्पर्धामा नेपाल पराजित भइसकेको छ । पौडीको अन्तिम प्रतिस्पर्धाका रुपमा सोफिया शाहले महिला ५० मिटर फ्रिस्टाइलमा खेल्दैछिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेघराज

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले जित हात पारेको छ । शुक्रबार भएको खेलमा मलेसियालाई ६ विकेटले

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ

काठमाडौं।सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना

आजको प्रमुख समाचार