फुर्पाले जिते एभरेस्ट म्याराथन

१६ जेष्ठ २०६९, मंगलवार १३:१५ मा प्रकाशित

काठमाडौं, १६ जेठ  । संसारको सबैभन्दा उचाईमा हुने एभरेस्ट म्याराथन प्रतियोगिता यसवर्ष फुर्वा तामङले जितेका छन्। सगरमाथा आधार सिविरबाट सुरु भएको दौड नाम्चेमा टुंगिएको थियो। नाम्चेका फुर्वाले ३ घन्टा ४१ मिनेट ३३ सेकेन्डमा यो दुरी पार गरे ।
कुमार राजभण्डारीले ३ घन्टा ५४ मिनेट ५१ सेकेन्ड। गत वर्षका विजेता सुदीप कुलुङ राई ४ घन्टा शून्य मिनेट ५४ सेकेन्ड भए।
सन् १९५३ मे २९ मा एड्मण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेको स्मरणमा यो प्रतियोगिता सन् २००३ देखि सुरु गरिएको हो। सगरमाथा आरोहण स्वर्ण महोत्सवको अवसरमा सुरु भएको आयोजनाले १० वर्ष पार गरेको छ।
यो वर्षमा एक सय ६० जना सहमागी थिए। त्यसमा ९० भन्दा बढी विदेशी थिए।
प्रतियोगितमा प्रथम हुनेले १ हजार डलर र दोस्रोले ५ सय तथा तेस्रोले ३ सय डलर प्राप्त गरे। अन्य विधासहित कूल ४ हजार ३ सय डलरको पुरस्कार आजै वितरण भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी