दशैंका लागि पाँच सय बस थप

१० आश्विन २०७१, शुक्रबार ०८:३४ मा प्रकाशित

काठमाडौं, १० असोज । दशैंमा काठमाण्डुबाट बाहिरिने यात्रुका लागि यो वर्ष ५ सय वटा बस थपिएको छ ।
गएको भदौ २५ गतेदेखि शुरु भएको अग्रिम टिकट बुकिङमा नियमित रुपमा गुडिरहेका बसले नपुग्ने भएपछि बस थप गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

दशैं शुरु भएसंगै काठमाण्डुबाट बाहिरिने यात्रुको सङख्या पनि ह्वात्तै बढेको छ । हिजोअस्ति दैनिक ६० हजारको हाराहारीमा उपत्यकाबाट यात्रु बाहिरिने गरेका थिए । अहिले यो सङख्या २५ हजारले बढेर ८५ हजार पुगेको छ ।

हिजोदेखि धेरै सरकारी तथा निजी विद्यालय बन्द भएकाले दशै मान्न जाने यात्रुको सङ्ख्या बढेको हो । यातायात व्यवस्था विभागका अनुसार २५ गतेदेखि अहिलेसम्म झण्डै १३ लाख यात्रु बाहिरीसकेका छन भने दशमीको दिनसम्ममा अझै १२ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ ।

यात्रुहरुको ओसारपसारका लागि काठमाण्डू उपत्यकाबाट दैनिक तीन हजारको सङ्ख्यामा सार्वजनिक यातायातका साधन बाहिरिने गरेका छन । यसवर्ष डिलक्स र एसीमा धेरैको आकर्षण देखिएपछि यस्ता बसको टिकट पाउन समस्या रहेको गुनासो बढदै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार