सिके राउत समर्थकद्वारा तराईका २२ जिल्ला बन्द

१० आश्विन २०७१, शुक्रबार ०८:२५ मा प्रकाशित

सर्लाही, १० असोज । मधेश टुक्राउने अभिव्यक्ति दिएर पक्राउ परेका डा. सीके राउतलाई रिहा गर्न माग गर्दैै शुक्रबार सर्लाही सहित तराईका २२ जिल्ला बन्द आह्वान गरिएको छ ।

राउतको रिहाईको माग गर्दै मधेश युवा समाजले सर्लाही सहित तराईका २२ जिल्ला बन्द आह्वान गरेको हो । सर्लाही सदरमुकाम मलंगवामा शुक्रबार बिहानैबाट बन्दको प्रभाव सामान्य परेपनि पूर्व पश्चिम राजमार्गमा भने खासै बन्दको प्रभाव परेको छैन् ।

मधेश युवा समाजले आज २२ जिल्लामा यातायात, उद्योग, बजार बन्द गर्ने भनेर जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पनि ज्ञापन पत्र बुझाएको निमित्त प्रमुख जिल्ला अधिकारी पवन सुवदीले जानकारी दिए ।

मधेश युवा समाजले आब्हान गरेको बन्दमा केहि साना मधेशबादी राजनीतिक दलले पनि समर्थन गरेका दावी गरिएको छ । चाडपर्वको समय बन्दको खबर सुनेर आम सर्वसाधरण भने निराश भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा