मोर्चाले हतियार बुझायो

१० आश्विन २०७१, शुक्रबार ०८:२० मा प्रकाशित

पर्सा, १० असोज ।अखिल तराई मुक्ति मोर्चा (पूथ्वी समूह)का संयोजक महराज यादवले आफनो समूहसँग रहेको हतियार सरकारलाई बुझाएका छन् ।

बिहिबार जिल्ला प्रशासन कार्यालय पर्सामा एक समारोहबीच समूहका संयोजक यादवले सरकारी वार्ता टोली उपसमितिका संयोजक आन्नदप्रसाद ढुङ्गानालाई हतियार बुझाएका हु्न ।

मोर्चाले सरकारलाई नलकटुवा पेस्तोल १९ थान, १२ बोरको एक नाले बन्दुक एक थान, सानो र ठूलो गरी बम ५१ थान, थ्रिनट थ्रिको गोली ३५ थान, १२ बोरको गोली १५ थान बुझाएको पर्साका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिए ।

मोर्चाले बुझाएको हतियार बुझ्दै वार्ता टोली संयोजक ढुङ्गानाले वर्तमान कानुनमा परिवर्तन र संशोधन गरी भुमिगत समूहसँग गरेको सहमति पूरा गर्न सरकारलाई आग्रह गर्ने बताए । नेपाल सरकारसँग भएको वार्तामा भएका सहमतिअनुसार मोर्चासँग रहेका हतियार बुझाई शान्तिपूर्ण राजनीतिको माध्यमले सङ्गठन चलाउने मोर्चा संयोजक यादवले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने