बिते काँग्रेस नेता सिद्धराज ओझा

१० आश्विन २०७१, शुक्रबार ०६:०७ मा प्रकाशित

काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी सिद्धराज ओझाको बिहिबार साँझ निधन भएको छ । लामो समय देखि लुकोमिया रोगबाट पीडित ओझाको बिहीबार साँझ ७ बजे राजधानीको शिक्षण अस्पतालमा निधन भएको हो ।
लामो समय देखि लुकोमिया रोगबाट पीडित भएर उपचार गरिरहेका प्रजातन्त्रका सेनानी सिद्धराज ओझाको त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । पूर्वमन्त्री समेत रहेका ओझा करिव दुई वर्षभन्दा पहिलेदेखि हप्तामा दुई पटक रगत फेर्ने महँगो उपचार पद्धति अन्तर्गत उपचार गराई रहेका थिए ।
रगत फेर्दा पचासौं हजार रुपैयाँ खर्च हुने उपचार पद्धतिलाई सहयोग गर्न सहयोगीहरुले सहयोग संकलन समेत गरेका थिए । नेविसंघका संस्थापक नेता समेत रहेका ओझा २०२२ सालदेखि काँग्रेस मार्फत राजनीतिमा सक्रिय रहेका हुन् । २०४८ सालको गिरिजाप्रसाद कोइरालाको सरकारमा ओझा मन्त्री बनेका थिए । त्यसयता पटकपटक मन्त्री तथा दुई पटक नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत भएका ओझा डोटीबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमाञ्चलका असल नेतामा परिचित थिए ।
उनले कानुन तथा न्याय, सामान्य प्रशासन, वन तथा भू-संरक्षण र भूमिसुधार तथा व्यवस्थामन्त्रीको रुपमा पनि जिम्मेवारी बहन गरिसकेका थिए । २००१ सालमा डोटीमा जन्मिएका ओझाकी श्रीमती गतवर्ष वितेकी थिइन् भने उनका १ छोरा र एक छोरी रहेका छन् । शुक्रबार उनलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि उनको पार्थिव शरीर शुक्रबार बिहान ८ बजे पार्टी कार्यालयमा सानेपामा राखिने भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२

आजको प्रमुख समाचार