संयन्त्र गठन गर्ने सहमति, प्रचन्ड संयोजक, अवरुद्ध संसद सुचारु

१० आश्विन २०७१, शुक्रबार ०२:४९ मा प्रकाशित

काठमाडौं, १० असोज । उच्चस्तरीय राजनीतिक समितिलाई निरन्तरता दिनेकी नदिने भन्ने बिबादमा फसेका मूख्य राजनीतिक दल काँग्रेस, एमाले र एमाओवादी उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने र त्यसको संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिन सहाम्त भएका छन् । दलहरुबीच सहमति भएपछि व्यवस्थापिका संसदको गतिरोध अन्त्य हुने भएको छ । प्रचन्डको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समिति गठन गर्न मूख्य राजनीतिक दल काँग्रेस, एमालेले सहमति जनाए लगत्तै एमाओवादीले अवरुद्ध संसद सुचारु गरन सहमति जनाएको छ ।

यस अघि प्रमुख प्रतिपक्षी दल एमाओवादीको नेतृत्वमा उसका साझेदार संघियता पक्षधर अन्य विपक्षीदलरुले विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै करिब एक महिनादेखि व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्दै आएका थिए । मूख्य राजनीतिक दल काँग्रेस र एमाले बुधबार राति उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने र त्यसको संयोजक एमाओवादी अध्यक्षलाई बनाउन सहमति भएको थियो ।

मूख्य राजनीतिक दल काँग्रेस, एमाले र प्रमुख प्रतिपक्षी दल एमाओवादीबीच संयन्त्र गठन गर्ने सहमति भएपछि अवरुद्ध संसद् सुचारु हुने भएको हो । राष्ट्र संघिय महासभामा सहभागी हुने क्रममा न्युयोर्क भ्रमणमा रहनु भएका प्रधानमन्त्री सुशील कोइराला, अर्थ समिति र संबिधानसभा अध्यक्ष सुबाश नेम्वाङ्गले अवरुद्ध संसद खुलाउन सरकार संचालन गर्ने मूख्य राजनीतिक दल काँग्रेस र एमालेका अतिरिक्त प्रमुख प्रतिपक्षी दल एमाओबादीको ध्यानाकषर्ण गराउदै आएका थिए । संसद अवरुद्ध हुँदा आर्थिक वर्षको बजेटसँग सम्बन्धित विनियोजन विधेयकलगायतका विधेयक पारित हान सकेको थिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने