नेपालमै लगानीको वातावरण बनेको छ : प्रम कोइराला

९ आश्विन २०७१, बिहीबार २०:०० मा प्रकाशित

न्यूयोर्क, ९ असोज । प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा नै लगानीको वातावरण बनेको बताउनु भएको छ ।
प्रधानमन्त्री कोइरालाले सो कुरा नेपालमा केही समय अगाडि नेपालका विभिन्न भागमा आएको पहिरो र बाढी पीडितहरुका लागी प्रधानमन्त्री राहत कोषमा सहयोग हस्तान्तरण गर्न आएका अमेरिका निवासी नेपालीहरुसंगको भेटमा बताउनु भएको हो । बुधबार साँझ प्रधानमन्त्री कोइराला बस्नुभएको न्यूयोर्कको पार्क एभेन्यु ग्राण्ड सेन्ट््रलस्थित होटल ग्राण्ड ह्यातमा जनसम्पर्क समिति शिकागोका अध्यक्ष भोजराज घिमिरेले प्रधानमन्त्री कोइरालालाई ३ हजार ८ सय ३४ अमेरिकी डलर हस्तान्तरण गर्नु भएको थियो । प्रधानमन्त्रीले सो रकम प्रधानमन्त्री राहतको कोषको खातामा तुरुन्त जम्मा गर्न निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री कोइरालाले सो अवसरमा अमेरिकामा रहेका नेपाली समुदायको अवस्थाको बारेमा पनि जानकारी लिनु भएको थियो । गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीका अनुसार अहिले अमेरिकामा करीब ३ लाख नेपाली बसोबास गरिरहेका छन । अध्ययन र रोजगारीको लागि अमेरिका आउने नेपालीको संख्या बढी रहेको छ ।
प्रधानमन्त्री कोइरालाले अब नेपालमा नै लगानीको बातावरण बनेकोले अमेरिकाको कार्य संस्कृति सिकेका, उपयोगी सीप भएका, प्रशिक्षित,उच्च शिक्षा लिएका जनशक्तिलाई स्वदेश फर्केर देशको समुन्नतिमा लाग्न पनि आग्रह गर्नु भएको थियो । उहाँले हरेक मुलुकको विकास त्यही देशका नागरिककै प्रयासले संभव भएको पनि अमेरिकाबासी नेपाललीलाई स्मरण गराउनु भएको थियो ।
प्रधानमन्त्री कोइरालाले देशमा केही गरेर देखाउन नै आफूले प्रधानमन्त्री पदको जिम्मेवारी लिएको पनि बताउनु भयो । उहाँले संविधान निर्माणका सन्दर्भमा पनि उल्लेख्य प्रगति भैरहेको बताउनु भयो । उहाँले संविधानसभा बाहिर रहेका दलहरुको विचारलाई समेत समेट्नकालागि सरकार र संविधान सभाको राजनीतिक संवाद समितिले भरमग्दूर प्रयास गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, संविधान समयमा बन्छ । तपाँइहरु ढुक्क हुनुहोस ।
प्रधानमन्त्री कोइरालाले देशमा दिगो शान्ति र राजनीतिक स्थिरता कायम गर्दै लोकतान्त्रिक संविधान जारी गरेर मुुलुकको विकासको गतिलाई तीब्र बनाउने पनि बताउनु भयो । प्रधानमन्त्री कोइरालाले भारतसंग हालै सम्पन्न भएको विद्युत व्यापार संझौताले जलविद्युतमा लगानीको ढोका खोलेको पनि बताउनु भयो । उहाँले भारतको जीएमआर कम्पनीसंग भएको परियोजना विकास संझौताले लगानीमा नेपालको विश्वसनियता अभिबृद्धि गरेको पनि बताउनु भयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्त फलदायी भएको बताउनु भयो । मोदीले नेपालमा जन्मनु भएका गौतम बुद्धको शान्ति र अहिंसाको सन्देश फैलाउदै नेपालसंगको सम्बन्धलाई सुमधुर बनाएर शान्ति,स्थायित्व,लोकतन्त्र र विकासप्रतिको नेपालको चाहनालाई साकार बनाउन ठूलो सहयोग गरिरहनु भएको पनि बताउनुु भयो ।
भेटका अवसरमा अमेरिकामा रहेका नेपालीहरुले पर्यटनको व्यवस्थित विकास गर्न सके नेपालको विकास हुन धेरै वर्ष नलाग्ने बताउनु भएको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले ८ । १० बर्षमा नेपालले विकासमा फड्को हान्ने बताउदै आफू भविष्यप्रति अति आशावादी भएको बताउनु भयो । उहाँले भन्नुभयो, मैले नेपाल र नेपालीको भविष्य उज्ज्वल देखेको छु ।
सहयोग हस्तान्तरण कार्यक्रममा गैर आवासीय नेपाली संघ, अमेरिकाका अध्यक्ष खगेन्द्र जिसी, नेपाली जनसम्पर्क समिति अमेरिकाका संयोजक विष्णु सुवेदी, जनसम्पर्क समिति शिकागोका सल्लाहकार डा.यादव पण्डित, लालप्रसाद काफ्ले, सुमन वस्ती,मोहन पौडेल लगायतका प्रवासी नेपालीहरुको उपस्थिति थियो ।
भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाली जनसम्पर्क समितिको निर्वाचन छिटो गरी संगठनको संस्थागत विकासमा योगदान गर्न पनि आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो, मरेर जाने व्यक्तिमुखी हैन, संस्थामुखी बन्नुहोस । अनिमात्र संगठन दह्रो हुन्छ । संस्थागत विकास हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

काठमाडौं । नेकपा एमाको १०औँ महाधिवेशनका लागि २१७५ जना महाधिवेशन प्रतिनिधि छनोट भएको छ । एमलेले आदिवासी, महिला, जनजाति समेटेर

काठमाडौं । नेकपा एमालेको दशौ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बने बन्दसत्र सुरु हुने भएको छ । नारायणी

चितवन । नेकपा एमालेले चितवनमा जारी दशौं महाधिवेशनलाई चर्चा गरेजस्तो व्यवस्थित बनाउन सकेन । उद्घाटसत्रमा पाँच लाख जनता उतार्ने उद्घोष

आजको प्रमुख समाचार