‘खगोलीय सम्मेलन’ विमोचित

९ आश्विन २०७१, बिहीबार १८:४२ मा प्रकाशित

काठमाडौं, असोज ९ । भूवन त्रिपाठीद्धारा लिखित ‘खगोलीय सम्मेलन’ नामक कथा सङ्ग्रहको विमोचन भएको छ ।

बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि पुस्तकको विमोचन भएको हो । पुस्तक विमोचन भने अर्थमन्त्री डा. रामशरण महतले गरेका हुन् । स्थायी घर कास्की जिल्ला कालिका गाविस वडा नं. ४ का लेखक त्रिपाठीले समकालिन विषयवस्तुको उठान गरेर आफूले पुस्तक लेखेको जानकारी दिएका छन् । पुस्तकलाई बजारमा भने कालिका मिडिया सोसाईटीले ल्याएको पनि उनले जानकारी दिएका छन् ।

पुस्तक विमोचन गर्दै मन्त्री महतले साहित्यले समाजको प्रतिनिधित्व गर्ने भएकाले पुस्तक पठन एवम् लेखन कार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् । महतले भने–‘त्रिपाठीजीले लेख्नुभएका कथाहरुमा नवीनतम विषयवस्तुहरु उठाईएका छन्, यो अत्यन्तै महत्वपूर्ण छ । साहित्य भनेको समाजको दर्पण हो, जसले समाज विकासका लागि सराहनीय योगदान पु¥याएको छ ।’

बरिष्ठ समालोचक एवम साहित्यकार प्रा. मोहनराज शर्माको सभापतित्वमा आयोतिज विमोचन कार्यक्रममा बोल्दै महतले आफु साहित्यको विद्यार्थी नभए पनि साहित्यमा विशेष रुचि भएको बताउँदै प्रविधिको युगमा दृश्य साहित्यको विकास हुँदा पनि पढेर पाईने साहित्यको आश्वादन बैग्ले प्रकारको हुने समेत बताएका छन् । महतले मुलुक विकासको लागि पनि सामाजिक, आर्थिक तथा राजनीतिक विकासको जरुरी रहेको धारणा राखेका छन् ।

त्यस्तै प्रधानमन्त्रीका सल्लाहकार बिजन पन्तले त्रिपाठीको लेखन समाज परिवर्तनको दर्पण बनेको उल्लेख गर्दै लेखन कार्यलाई निरन्तरता दिनका लागि पनि सुझाव दिएका छन् । पन्तले आफू पनि साहित्यमा रुचि राख्ने व्यक्ति भएको बताउँदै पुस्तकमा समावेश गरिएका सबै कथाहरु यर्थाथपरक र समसामयिक रहेको बताएका छन् ।
कार्यक्रममा पुस्तकको समालोचना भने साधना प्रतिक्षाले गरेकिछिन् भने स्वागत मन्तव्य डी.डी. अधिकारीले राखेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन भने सन्दीप क्षेत्रीले गरेका थिए ।

खगोलीय सम्मेलन कथा संग्रहमा वि.स. २०५० को दशक देखि वि.स. २०७१ को विभिन्न अवधिकमा लेखिएका १६ वटा कथाहरु समावेश गरिएको छ । समकालिन नेपाली समाजका मानिसले देखेका र भोगेका कुराहरुलाई विषयवस्तुको रुपमा समेटिएका यस कथा संग्रहका कथाहरुमा भूमण्डलीकरणका प्रभावमा रुमलिएका पात्रहरुको भोगाई, मानसिकता र साईबर प्रविधि प्रयोगका पक्ष प्राथमिकतामा परेका छन् ।

कतिपय कथामा समाजमा रहेको विकृति, विसङ्तीको चित्रण गर्नुको साथै विविध कारणले गर्दा नेपालबाट विदेश पलायन हुनेको संख्या बढेको कुराहरुलाई संकेत गरिएको छ । यस कथा संग्रहका कथामा मूलतः शिक्षित व्यक्तिहरु पश्चिमा मूलुक जान लालहित भएका प्रसंगलाई जोड दिईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार