ओली–भट्टराईबिच भेटवार्ता

९ आश्विन २०७१, बिहीबार १८:१३ मा प्रकाशित

काठमाडौं, ९ असोज । संविधानसभा अन्तरगतको संवैधानिक राजनीतिक तथा संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर विवादित विषयमा सहमति जुटाउन सहयोग गर्न आग्रह गरेका छन् ।

ओली निवास बालकोट पुगेर भट्टराई समितिले पाएको १४ गतेसम्मा सहमति जुटाउन आग्रह गरेका हुन् । भेटका क्रममा ओलीले सदन खुलाउन एकीकृति माओवादी जिम्मेवार बन्नु पर्ने बताएका छन् ।

यस्तै, साना दलका सभासद्हरुले संवाद समितिका सभापति डा. बाबुराम भट्टराईसँग संघीयताका विषयमा अनौपचारिक छलफल गरेका छन् ।
सिंहदरबारमा आज विहान भएको छलफलमा प्रदेशहरुको संख्यामा कसरी सहमति जुटाउने भन्ने विषयमा छलफल भएको खुम्बुवान राष्ट्रिय मोर्चाका सभासद् रामकुमार राईले जानकारी दिए ।

उनले ठूला दलहरुले अहिले संख्यामा विवाद गरेकाले संख्या र नाममा विवाद गर्नुको अर्थ नहुने बताए ।
कांग्रेस र एमालेले अहिले सात र नौ प्रदेशमा रहेको र नामाकंनमा अल्झिएकाले समाधानको बाटो खोज्न छलफल गरेको बताए । उनले जसरी पनि माघ ८ मा संविधान दिनकालागि दलहरु मिल्नुको विकल्प नभएको भन्दै त्यसकालागि कांग्रेस एमाले र एकीकृत माओवादीसँग संघियताको विषयमा छलफल गर्न तयार रहेको पनि बताए ।

संविधानसभाले संवाद समितिलाई असोज १४ गतेभित्र विवादित विषयमा सहमति कायम गर्न समय थपेको छ ।
संवाद समितिलाई दिइएको भदौ २१ गतेसम्मको समय सीमाभित्र संविधानका विवादति विषयमा सहमित नजुटेपछि संविधानसभाले पुनः आधारभूत विषयमा सहमति जुटाउन सयम थपेको हो । थपसमय पाएसँगै संवाद समितिले राजनीतिक दलहरुसँगको छलफललाई तीव्र पारेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

आजको प्रमुख समाचार